पोखरा प्रिमियर लिगः काठमाडौंको शानदार जित, बुटवल ३७ रनले पराजित


कात्तिक १६, काठमाडौँ । पोखरा प्रिमियर लिग (पीपीयल) काे शुक्रबारको दोस्रो खेल अन्तर्गत काठमाडौँले शानदार जित हात पारेको छ ।
पोखरा रंगशालामा जारी खेलमा काठमाडौं रोयल्सले बुटवल ब्लास्टर्सलाई ३७ रनले पराजित गर्दै जित हात पारेको हो ।
काठमाडौंले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको बुटवलले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३५ रन मात्र बनायो ।
null
बुटवलका लागि रोहान मुस्ताफाले अर्धशतक प्रहार गरे । ५१ बलमा ६१ रन बनाए । उनले ५ चौका र ४ छक्का प्रहार गरे।
त्यस्तै सागर पुनले १, चिराग सुरीले ११, भीम सार्की १२ रन, सिद्धान्त लोहनी १३ रन, सोमपाल कामी ४ रन, शंकर राना ले ४ रन बनाए ।
बलिङमा काठमाडौंमा अमरसिंह रटेउलाले ३ विकेट लिए। बसन्त रेग्मी र नन्दन यादवले २/२ विकेट हात पारे। गौरव तोमारको नाममा १ विकेट रह्यो।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौंले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा रन १७२ जोड्यो । काठमाडौंका लागि नरेश बुढा ऐरले अर्धशतक बनाए । उनले ३ चौका र ५ छक्का प्रहार गरे ।
यस्तै जयकसिन कोल्सवालाले ४५, कप्तान ज्ञानेन्द्र मल्लले नटआउट २५, पवन सर्राफले २२, गौरव तोमरले ११ रन बनाए ।
बलिङमा बुटवलका विपिन खत्रीले २ विकेट लिए। उनले ४ ओभरमा २९ रन दिए। रोहान मुस्ताफा र मोहमद सांसद शेखले १–१ विकेट लिए।
योसँगै काठमाडौं ४ खेलबाट ६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यस्तै आजै पोखरालार्इ पराजित गरेपछि धनगढी पनि ६ अंकका साथ रनरेटमा पछि पर्दै दोस्रो स्थानमा छ।
