चितवनमा सडक किनारकै घर डुवानमा, सौराहामा खतराको सम्भावना
असार २८, चितवन। विहीवारदेखीको लगातारको वर्षाका कारण चितवनमा पनि प्रभाव परेको छ । जिल्लाका सवै जसो स्थानीय तहमा पानीको प्रभाव परेको छ ।
विषेश जिल्लाको राप्ती नगरपालिका र माडीमा पानीले जनजीवनमा प्रभाव पार्नुका साथै धेरै स्थान डुवानमा परेका छन् । जिल्ला स्थीत नारायणी र राप्ती नदिमा पानीको वहाव वढ्दै गएको छ । राप्ती नदिमा खतराको संकेत नाघी सकेको छ ।
null
पानीको सहज निकास नहुँदा चितवनको राप्ती नगरपालिकाको सडक किनारकै घरहरु डुवानमा परेका छन् । पूर्व पश्चिम राजमार्ग अर्न्तगत राप्ती ४ को भण्डारा वजारदेखी डडुवा सम्म प्रभाव छ । लक्ष्मीनारायण चोकमा १० घर पानीले डुवेका छन् । डुवानमा पर्दा घरको भुईतल्लामा राखिएको अन्नवालीमा क्षती पुगेको राप्ती ४ का वडा सदस्य समेत रहेका स्थानीय जगन्नाथ श्रेष्ठले वताए ।
नजिकैको खहरे खोला राम्रोसंग नखोल्दा आफु लगायत अन्य केही घरहरु डुवानमा परेको उनको भनाई छ । डुवानका कारण घरको धान र मकैमा क्षती भएको श्रेष्ठले वताए । वाढीकै कारण ढुंग्रे खोला र पम्फा खोलाको बीचमा रहेको सुकुम्वासी वस्तीका स्थानीयलाई सारिएको छ । राप्ती ८ स्थित पुरानो राजमार्गमा वसेका करिव १५ घरधुरीलाई राप्ती ७ मा रहेको जनआर्दश वहुमुखी क्याम्पसमा राखिएको राप्ती नगरपालिका मेयर प्रभा वरालले वताईन् ।
उनीहरुलाई तत्कालका लागि खानेकुरा र वस्ने म्याटको व्यवस्था मिलाईएको छ । यस्तै खैरहनी नगरपालिकाको वुढीराप्ती र ढुंगे्र खोलामा वाढीको वहाव वढ्दै गएको छ । वुढीराप्तीको पानी पुरानो पर्सा पस्न सुरु गरेको छ । रत्ननगर स्थित सौराहाका पप साईडहरु राप्ती नदिमा आएको वाढीले डुवानमा परेको छ ।
क्षेत्रीय रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीका अनुसार पप साईडहरु डुवानमा परेका छन् भने त्यहाँका रेस्टुरेन्टका सामानहरु सुरक्षित स्थानमा सारिएको छ । अहिलेकै अवस्थामा लगातार पानी परिरहने हो भने रातभरमा सौराहा डुव्न सक्ने रेवानका अध्यक्ष गिरीले वताए । जिल्लाको माडी नगरपालिकामा धेरै खहरे खोलाहरु रहेकाले त्यहाँको जनजीवनमा प्रभाव परेको छ ।
माडी भरतपुर सडकमा चल्ने सवारी साधन विहानैदेखी वन्द छन् । खोला किनारका वस्ती जोखिममा रहेको माडी नगरपालिकाले जनाएको छ । उनीहरुलाई सुरक्षित राख्ने काम भईरहेको माडी नगरपालिका मेयर ठाकुर ढकालले वताए ।
वाढीका कारण जिल्लाका खोला नजिक रहेका खेतीयोग्य जमिन डुवानमा परेका छन् । वाढी पुर्वानुमान महाशाखाबाट प्राप्त सुचना अनुसार पूर्वी राप्ती जलाधारको रजैयामा भारी वर्षाको मापन गरिएकाले भोली विहान सम्म सर्तक रहन आग्रह गरेको छ ।