रणबीर कपूरसँग रिसाएका फ्यानले भने, ‘रणबीर एकदमै…’
जेठ २६, काठमाडौं । अभिनेता रणबीर कपूरको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
भिडियोमा एक फ्यानले रणबीरलाई भेट्नेबित्तिकै गिफ्ट दिँदै उनको खुट्टा ढोगेका छन् ।
null
उक्त भिडियो भाइरल भएपछि रणबीरले फ्यानप्रति रुखो व्यवहार गरेको भन्दै फ्यानहरुले आक्रोश पोखेका छन् ।
भिडियोमा रणबीरका ती फ्यानले उपहार दिन्छन् उक्त उपहार उनकै अगाडि खोल्न अनुरोध गर्छन् । रणबीर ती फ्यानसँगै सोफामा बसेर गिफ्ट खोल्न थाल्छन् तर साथमै उभिएका ती फ्यानलाई बस्न भन्दैनन् । ती फ्यान रणबीर नजिकै भुइँमा बस्छन् । ती फ्यानलाई रणबीरले एकपटक पनि माथि बस्न भनदैनन् ।
यसकारण फ्यानहरु उनीसँग रिसाएका हुन् ।
एक जनाले आलोचना गर्दै भनेका छन्, ‘के रणबीर भगवान हो ? उनले ती व्यक्तिलाई सोफामा बस्न किन भनेनन् ?’ यस्तै अर्का व्यक्तिले लेखेका छन्, ‘रणबीर एकदमै अशिष्ट छन् । एकपटक पनि उनले ती व्यक्तिलाई माथि बस्न भनेनन् ।’
रणबीरलाई एक जनाले सल्लाह दिँदै भनेका छन्, ‘कृपया आफ्ना फ्यानहरुको सम्मान गर्न सिक्नुहोस् ।’ यस्तै अर्काले रणबीर कपूरलाई उनको स्कुल र घरमा अनुशासन, तरिका नसिकाएको भन्दै आलोचना गरेका छन् ।