निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई दिनुपर्छ– प्रमुख आयुक्त यादव

कात्तिक ३०, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनको मिति तय गर्ने अधिकार निर्वाचन आयोगलाई दिन माग गरेका छन् । 

निर्वाचनका बारेमा अध्ययन गर्ने नियोक, जियोक र संकल्प नामक संस्थाले शुक्रबार काठमाडौँमा आयोजना गरेको विस्तृत सर्वेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा यादवले यस्तो बताएका हुन् । 

‘त्रुटीरहित निर्वाचन सम्पन्न गर्नका लागि मिति घोषणाको अधिकार पनि आयोगलाई दिनुपर्छ’, उनले भने, ‘यदि सरकारले मिति घोषणा गर्ने हो कानूनमै मिति तोक्नु उपयुक्त हुन्छ ।’ 

null

यस्तै, प्रमुख आयुक्त यादवले संवैधानिक व्यवस्था अनुसार निर्वाचन कानून सुधार गर्न पनि सरकारसँग आग्रह गरेका छन् । साथै उनले त्रुटीरहित चुनावका लागि आयोगलाई पर्याप्त समय आवश्यक पर्ने हुनाले यसको लागि कानुनी व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए । 

उनले आगामी दिनमा निर्वाचनपछि मतदान स्थलमै मतगणना गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *