कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनियर १५ लाख घुस सहित पक्राउ

 

साउन ४, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनियरलाई १५ लाख घुस सहित पक्राउ गरेको छ । विकास निमार्णको भुक्तानीमा कमिसन लिएको बुझिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले बताए । 

अख्तियारको फन्दामा पर्नेहरुमा कर्णाली नदी व्यवस्थापन कार्यलय बर्दियाका इन्जिनियर कमल सिटौला, इन्जिनियर विश्वेश्वर प्रसाद शाह, इन्जिनियर हरी प्रसाद चौधरी र सवारी चालक टंक प्रसाद ओझा रहेको प्रवक्ता कोइरालाले जानकारी दिए । 

null

इन्जिनियर त्रयले निर्माण योजना तारजाली भर्ने कामको विल रकम भुक्तानी गरे वापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा आयोगको सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिइ गएको टोलीले निजहरूलाई १५ लाख घुस बापतको रकम लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको हो । आयोगले उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताएको छ । 

यसैगरी आयोगले गोलबजार नगरपालिका, सिरहाका सब–इन्जिनियर उमा श्रेष्ठलाई समेत शौचालय निर्माणको भुक्तानी दिन सहज गराई दिए बापत सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरेको छ । 

आयोगको कार्यालय महोत्तरीबाट खटिई गएको टोलीले सब–इन्जिनियर श्रेष्ठलाई सेवाग्राहीसँग ५० हजार घुस वापतको रकम लिइसकेको अवस्थामा गोलबजार नगरपालिका वडा नं. ७ पुरानो चोहर्वा बसपार्क स्थित अशोक साहको होटलबाट शुक्रबार उक्त रकम सहित रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *