फेरि बढ्यो सुनको मूल्य !

 

साउन ३०, काठमाडौं । सुनको मूल्य फेरि प्रतितोला १२ सयले बढेको छ । बुधबार ७० हजार ३ सयमा कारोबार भइरहेको छापावाला सुनको मूल्य बढेर आज (बिहीबार) ७१ हजार ५ सय पुगेको हो । 

तेजावी सुन आज प्रतितोला ७१ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । 

null

पछिल्लो समय अमेरिका र चीनबीचको व्यापार युद्धको असर, इराक र अमेरीकाबीचको द्वन्द्व, व्यवसायीहरुबीचको द्वन्द्व र विश्व बजारमा सेयर बजार कमजोर भएका कारण सुनको मूल्य बढेको बताइएको छ । 

त्यस्तै चाँदी २० रुपैयाँले बढेर ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदीको मूल्य बढेका कारण कारोबार एकदमै न्युन रहेको व्यापारीहरु बताउँछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *