आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित

 

फागुन १६, काठमाडौँ । आज बस्ने गरी निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । 

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी प्रतिनिधिसभा सदस्य एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी लगायत ७ जनाको दुःखद् निधन भएका कारण सरकारले राष्ट्रिय शोकको घोषणा गरेपछि बैठक स्थगित गरिएको हो । 

null

बिहीबारको बैठक शुक्रबार दिउँसो ३ बजे बस्ने संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *