योग जीवनको अभिन्न अंग बन्नुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली

माघ १, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले योगलाई जीवनको अभिन्न अङ्ग बनाउनुपर्नेमा जोड दिएका छन् । पाँचौं राष्ट्रिय योग दिवसका अवसरमा काठमाडौंमा भएको  कार्यक्रममा उनले योगले मानिसको वास्तविक जीवनशैली अपनाउन सहयोग गर्ने बताए । 

साथै उनले विज्ञान र प्रविधिको विकास नहुँदा योगको विकास भएको बताउँदै ज्ञवालीले यो गौरवपूर्ण परम्परा र सम्पदा भएको बताएका हुन् । मन्त्री ज्ञवालीले अग्रजहरुले योगका माध्यमबाट स्वस्थ जीवन बाँच्ने र धेरै महत्वपूर्ण सम्पदा तथा ज्ञानहरु हस्तान्तरण गरेर गएको बताए ।   

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले योगको माध्यमबाट मान्छेमा सकारात्मक भावनाको विकास हुने बताए । विश्वमा एकदिनमा दुर्घटनाबाट ८ जना र १६ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्यकले देखाएको बताउँदै उनले योग शिक्षाको माध्यमबाट यसलाई रोक्न सकिने बताए । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले योगलाई औषधि र उपचारको अर्थमा मात्रै नभएर जीवन पद्धतिको रुपमा बुझ्नुपर्ने बताए । उनले योगलाई नै प्राथमिकतामा राखेर सरकारले योगमाया आयुर्वेद विश्वविद्यालय स्थापनाका लागि संसद्को हिउँदे अघिवेशनमा विश्वविद्यालयसम्बन्धी विधेयक दर्ता गर्ने बताए । उनले योगलाई सप्ताहरूपमा नभएर वर्षभित्र अभियानका रुपमा सञ्चालन गर्ने तयारीसमेत भएको जानकारी गराए ।   

तपोवनका संस्थापक स्वामी आनन्द अरुणले विश्वमा राजनीतिक र धर्मका कारण झगडाहरु हुने गरेको उल्लेख गर्दै योग र साधनाको माध्यमबाट विश्वालाई एकतावद्ध गर्न सकिने बताए ।   

सरकारले प्रत्येक माघ १ गतेलाई योग दिवसका रुपमा मनाउँदै आइएको छ । बुधबार मुलुकभर ‘राष्ट्रिय एकता स् योगको सान्दर्भिकता’ भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *