मुटुको शल्यक्रिया गर्दागर्दै आगलागी, के गरे चिकित्सले ?

 

जेठ २२, काठमाडौं । भिएनामा मुटुको शल्यक्रिया गर्दैगर्दा अकस्मात् आगलागी भएको छ । 

६० वर्षीय ती व्यक्तिको मुटुबाट रगत शरीरका अन्य भागमा लैजाने धमनीको शल्यक्रिया भइरहेका बेला आगलागी भएको हो । 

null

आइतबार युरोपियन सोसाइटी अफ एनेसथियोलोजी बैठकमा पेश गरिएको जानकारी अनुसार क्रोनिक अबस्ट्रकटिभ पल्मोनरी डिजिज (सिओपिडी) बाट ग्रसित रहेका ती व्यक्तिको एक वर्षअघि मुटुको बाइपास शल्यक्रिया भएको थियो । 

शल्यक्रियाको क्रममा डाक्टरले उनको एउटा फोक्सो छातीको हड्डीमा अड्किएको र त्यसले गर्दा ग्यास जम्मा भएको बेलुन जस्तो बनेको देखे । शल्यचिकित्सकले एउटा बेलुन जस्तोलाई पङ्चर गरे, जसबाट ग्यास लिक भयो । 

बिरामीलाई स्वासप्रस्वासमा समस्या नहोस् भनेर अक्सिजनको मात्रा बढाए । अक्सिजन लिक हुँदा ड्राइ सर्जिकल प्याकमा आगलागी भयो । 

डाक्टरले तत्कालै आगो हटाएर शल्यक्रिया निरन्तरता दिए र सफल शल्यक्रिया गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *