धर्ना स्थल पुगेर डा. केसीले भने, निर्मलाको हत्यारा सरकारले लुकायो

मंसिर ११, काठमाडौँ । प्राध्यापक डा. गोविन्द केसी बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायका लागि अनिश्चितकालिन रुपमा जारी गरिएको धर्ना स्थलमा पुगेका छन् । 

सोमबार मात्रै तीन हप्ता भित्र सरकारले निर्मलाका हत्यारा पक्राउ नगरे अनशन बस्ने धम्की दिएका डा. केसीले निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै धर्नामा ऐक्यबद्धता जनाएका हुन् । 

धर्नामा बसेका अधिकारकर्मीहरु र निर्मलाकी कान्छी आमासँग भेट्दै डा. केसीले सरकारले नै निर्मलाको हत्यारा लुकाएको आरोप लगाए । उनले हत्यारा पक्राउ नगरे फेरि आमरण अनसन बस्ने चेतावनी दिए ।  

null

धर्नामा बसेका निर्मलाका बाबुलाई भने उपचारका लागि काठमाडौँ ल्याइएको छ । धर्ना स्थलमै बर्बराउने, नजिक जानेलाई जथाभावी गाली गर्ने, सडकमा नारा लगाउने जस्ता व्यवहार प्रदर्शन गरेपछि यज्ञराजलाई उपचारका लागि आइतबार काठमाडौँ ल्याइएको हो । 

धर्नामा बसेका यज्ञराज पन्तलाई मानसिक समस्या देखिएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ। निर्मलाकी आमा दुर्गादेवी पनि साथमा आएकी छिन् । 

गत साउन १० गते ‘होमवर्क’ गर्न साथीको घर गएकी कञ्चनपुर भीमदत्त नगरपालिका–२ की निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *