नैकाप कंकालीमा बन्ने भयो बुर्जाघर

 

जेठ १६, काठमाडौं । राजधानीको पुरानो नैकाप कंकालीमा बुर्जाघर (भ्युटावर) को शिल्यानास गरिएको छ । 

प्रदेश नम्बर ३ को उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयको विनियोजित कुल ५० लाख बजेट बाट (भ्युटावर) निर्माण गर्न लागिएको हो । 

null

भ्युटावरको प्रदेश नम्बर ३ का प्रदेश सांसद केशव पोखरेलले एक कार्यक्रमका बिच शिल्यानास गरे । 

कंकालीमा भ्युटावरसँगै पार्क, फुटट्रेल, विश्राम स्थल समेत निमार्ण हुने भएको छ । काठमाडौं महानगरपालिकाको १ करोड र चन्द्रागिरी नगरपालिकाको आर्थिक सहयोगमा पार्क निमार्ण गर्न लागिएको हो । 

 

शिल्यानास कार्यक्रममा बोल्दै प्रदेश सभा सांसद केशव पोखरेलले समग्र पर्यटकिय विकासमा प्रदेश सरकारले पर्यटकिय गन्तव्यको पहिचान गरि आर्थिक विकासको मोडेलमा लैजाने बताए । 

उनले चन्द्रगिरी र नार्गाजुनलाई एउटै पर्यटकिय सर्किटको रुपमा विकास गरि आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिने बताए । सांसद पोखरेलले भने, ‘सरकारको आर्थिक समृद्धिको नारालाई आत्मसाथ गर्दै हरेक क्षेत्रको सुक्ष्म अध्ययण गर्दे देशमा पर्यटनको मुख्य आधारमा विकास गर्न सकियो भने मात्र देशको समग्र आर्थिक खम्बाको रुपमा पर्यटन बाटै देश समृद्ध र विकासको बाटोतर्फ द्रुत गतिमा अगाडी बढ्न सक्छ । 

कार्यक्रममा बोल्दै चन्द्रागिरीका नगर प्रमुख घनश्याम गिरीले चन्द्रागिरी नगरपालिका विकास, पर्यटन, पुर्वाधार सबै कुरामा एक नम्बर बनाउन लागेको चर्चा गर्दे समृद्ध नगरपालिकाको रुपमा विकास गर्न सबैको साथ र सहकार्य खाँचो रहेको औंल्याए । 

 

कार्यक्रममा बोल्दै चन्द्रागिरीको उप प्रमुख लिशा नकर्मीले ‘हाम्रो नगरपालिका राम्रो नगरपालिका’ बनाउन स्थानियहरुको भुमिका अतुल्नीय हुने बताइन् । उनले विकास लाई तिव्र बनाउन स्थानिय स्रोत र साधनको उच्चतम प्रयोग गरिनु पर्नेमा जोड दिइन् । 

कार्यक्रममा बोल्दै कंकाली क्षेत्र पर्यटकिय पूर्वाधार विकास उपभोक्ता समितिका अध्यक्ष नवराज भट्टले कंकाली क्षेत्र र दहचोकलाई एकिकृत पर्यटनको मोडेलको रुपमा विकास गर्न सकिए आन्तरिक पर्यटनबाट समग्र चन्द्रागिरीको विकासमा महत्वपुर्ण उपलब्धी हासिल गर्न सकिने बताए । 

चन्द्रागिरीको एतिहासिक, पर्यटकिय महत्वलाई राष्ट्रिय स्तरमा मात्र प्रचार प्रसार गर्न सके नगरकोट भन्दा पनि राम्रो नयाँ गन्तव्यको रुपमा विकास गर्न सकिने अध्यक्ष भट्टको भनाई थियो । 

चन्द्रागिरी १३ मा सिटी टावर निर्माण भए पश्चात् काठमाडौंउपत्यका नजिकबाट नियाल्नेहरुका लागि नजिकैको महत्वपुर्ण पर्यटकिय स्थलको रुपमा विकास हुने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *