यी बेहुलीले किन बनाइन् मेहेन्दीमै कुकुरको चित्र ?
“
रिकी गिल र जसमिन सिन्धुले हालै अमेरिकामा धुमधामसँग बिहे गरे । भारतीय मूलका यी बेहुला बेहुलीको बिहेको कपडा देखि लिएर फोटोशूट सम्म निकै भव्य रह्यो ।
वास्तवमा दुबै पाखुरामा अटाएको त्यो कुकुर उनको पाल्तु कुकुर टोबी थियो ।बिहेमा आएका पाहुनाबाट तारिफ बटुल्ने मात्र होइन बेहुली जसमिनले लगाएको मेहेन्दीले सोसल मिडियामा पनि हंगामा मच्चाएको छ । त्यसको कारण के भने उनले पाखुरामा लगाएको मेहेन्दीमा कुकुरको चित्र बनाइएको थियो । उनको एउटा पाखुरामा कुकुर मात्रको चित्र थियो भने अर्को पाखुरामा एक युगल जोडीको चित्रसँगै समेत सोही कुकुरको फरक पोजको चित्र थियो ।
समाचार अनुसार जसमिनले उक्त कुकुरलाई बेवारिसे अवस्थामा फेला पारेकी थिइन् । त्यसरी फेला परेको कुकुरलाई उनले घरमा ल्याएर पालेकी थिइन् । अहिले टोबी जसमिनको सबैभन्दा मनपर्ने साथी हो । मेहेन्दीमा समेत आफ्नो मनपर्ने टोबीको चित्र बनाएर उनले आफ्नो जिवनमा उक्त जनावर केवल पाल्तू कुकुरको रुपमा मात्र नभै जिवनसाथीकै रुपमा रहेको दर्शाउन खोजेकी छिन् ।
एजेन्सी
“