विदेशी बुहारीलाई ७ वर्षमा नागरिकता दिँदा ज्वाइँलाई १५ वर्षपछि

भाद्र २७, काठमाडौं । अंगिकृत नागरिकताका सवालमा बहस चलिरहँदा विदेशी बुहारीलाई बिहेको सात वर्षपछि मात्र वैवाहित अंगीकृत नागरिकता दिइने प्रस्ताव आएको छ । त्यो भन्दा अगाडी विदेशी बुहारीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी वैवाहिक नेपाली परिचयपत्र दिइनेछ । 

यो प्रस्ताव सरकार र राज्य व्यवस्था तथा सुशासन समितिको सचिवालयले तयार पारेको हो । प्रस्तावअनुसार नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले तत्काल नागरिकता नपाउने तथा ब्यवहारिक पक्षलाई हेरेर आर्थिक, सामाजिक र सांसकृतिक अधिकारका लागि नेपाली परिचयपत्र भने दिने प्रस्ताव गरिएको छ । यो प्रस्ताव अनुसार सुरुमा वैवाहिक नेपाली परिचयपत्र दिने र बिहे गरेको सात वर्षपछि मात्र वैवाहित अंगीकृत नागरिकता दिइनेछ । 

हाल नेपाली पुरुषसँग बिहे गर्ने महिलाले वैवाहिक अंगीकृत नागरिकता पाउनेछन् । सरकारले ल्याएको नागरिकता सम्बन्धी विधेयकमा पनि यही व्यवस्था छ तर, नेपाली नागरिकता लिएको ६ महिनाभित्र अन्य देशको नागरिकता त्याग्नुपर्ने व्यवस्था थियो । छलफलमा सांसदहरुले महिला र पुरुषबीच विभेदकारी व्यवस्था भएको बताए । यसमा लामो समय बहस भएको थियो ।  

Image result for अंगिकृत नागरिकता

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई सात वर्षपछि अंगीकृत नागरिकता दिनुपर्ने पक्षमा उभिएपनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने हालै मात्र अन्तरिम संविधान २०६३ अनुसार नै हुनुपर्ने बतायो । हाल विदेशी ज्वाइँलाई नागरिकता दिने व्यवस्था छैन । १५ वर्षसम्म नेपालमा स्थायी बसोबास गरेकाहरुले बसोबासका आधारमा नागरिकता पाउन सक्छन् । 

तर, समितिमा सांसदहरुले महिला र पुरुषबीच विभेद गर्न नहुने आवाज उठाउँदै नेपाली महिला नागरिकहसँग बिहे गरी १५ वर्षसम्म नेपालमा बसोबास गरे विदेशी ज्वाइँलाई नेपाली नागरिकता दिन सकिने प्रस्ताव ल्याएका छन् । जस अनुसार नेपाली महिला नागरिकसँग बिहे गरी कम्तीमा १५ वर्षसम्म नेपालमा बसोबास गरेको विदेशी पुरुषलाई नागरिकता दिने उल्लेख छ । प्रस्ताव हुबहु पास भएर कानून बनेमा विदेशी ज्वाइँलाई पनि नेपाली नागरिकता दिने बाटो खुल्ने देखिएको छ । प्रस्तावमा अरू मुलुकको नागरिकता वा त्यो सरहको राष्ट्रियता जनाउने परिचयपत्र लिएको भए त्याग्नुपर्ने, असल चालचलन हुनुपर्ने र नेपाल वा नेपालमा प्रचलित अन्य कुनै भाषा बोल्न जान्ने हुनुपर्ने उल्लेख छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *