ह्वावे मोवाइलका कुनैपनि ब्राण्डमा समस्या आउँदैन
जेठ २४, काठमाडौं । अमेरिकी सरकारले चीनको प्रतिष्ठित मोवाइल कम्पनी ह्वावे माथि प्रतिबन्ध लगाएपनि आफ्ना उत्पादनहरुमा कुनैपनि समस्या नरहेको जनाएको छ ।
अमेरिकाले ह्वावेमाथि प्रतिबन्ध लगाएपछि गुगलले एन्ड्रोइड लाइसेन्स रद्द गरिदिँदा ह्वावेले अप्ठेरो र जटिलाहरूको सामना गर्नुपरेपनि कुनैपनि प्रोडक्टहरुमा समस्या नरहेको कम्पनीले स्पष्ट पारेको छ । साथै कम्पनीले सिष्टमहरुमा कुनैपनि प्रकारको परिवर्तन नगरेको जनाएको छ ।
null
अमेरिकी प्रतिबन्धसँगै ह्वावेले दुई वटा नयाँ उत्पादनहरू– वाई फाइभ २०१९ र वाई सेभेन प्रो २०१९ फिंगरप्रिन्ट भर्जन सार्वजनिक गरेको छ ।
ह्वावेले ईएमयूआई नाइनको निरन्तर स्तोरन्नतिले गर्दा विश्वभर रहेका ८ करोड प्रयोगकर्ताहरु बढेर जून महिनाको अन्त्यसम्ममा १० करोड पुग्न्ने अनुमान गरिएको बताएको छ । त्यस्तै मेट ट्वान्टी प्रो एन्ड्रोइड क्यू बेटा अपग्रेडको सूचीमा सूचीकृत रहेकोले प्रयोगकर्ताले कुनैपनि मोडलको उपयोगमा चिन्ता गर्नु नपर्ने जनाएको छ ।
कम्पनीका अनुसार अमेरिकी सरकारसँग ह्वावेको सम्बन्ध पहिलेदेखि नै असहज थियो र अमेरिकी सरकारले ह्वावेलाई देशको राष्ट्रिय सुरक्षामा जोखिम बोकेको भन्दै इन्टटी लिस्टमा सूचीकृत गरेपछि सबैभन्दा खराब विन्दूमा पुगेको बताएको छ ।
त्यसपछि गुगलले मे २० तारिखमा ह्वावेको एन्ड्रोइड लाइसेन्स रद्द गरिदियो र भावी दिनमा सार्वजनिक हुने सबै उत्पादनहरूप्रतिको साथ पनि तोडिदियो ।
यद्यपि एन्ड्रोइडले एक विज्ञप्ति जारी गर्दै गुगल प्ले र गुगल प्ले प्रोटेक्टको सेक्युरिटी भने विद्यमान ह्वावे उत्पादनहरूमा काम गर्ने उल्लेख गरेको छ ।
ह्वावेले बिक्री भइसकेका तथा विश्व बजारमा अझै पनि बिक्रीका लागि स्टकमा रहेका स्मार्टफोन र ट्याब्लेट उत्पादनहरूमा सेक्युरिटी अपडेटहरू र आफ्टरसेल्स सर्भिस अर्थात् ब्रिकीपछिको सेवा निरन्तर उपलब्ध गराउने जनाएको छ ।
ह्वावेले अमेरिकी कदमको निन्दा पनि गरेको छ र उसका उत्पादनहरूमाथि लगाइएको सरकारी प्रतिबन्धलाई गैरकानुनी भन्दै त्यसविरुद्ध कानुनी मुद्दा दायर गरेको छ । ह्वावेका प्रमुख कार्यकारी अधिकृत रेन जाङभेइले २१ मेमा ह्वावेमाथि लगाइएको ९० दिने अस्थाथी लाइसेन्स प्रतिबन्धको खासै औचित्य नभएको र ह्वावे पूर्ण तयारी अवस्थामा भएको जानकारी गराएका थिए ।
ह्वावेका मोबाइलफोन प्रयोगकर्ताहरू र नयाँ खरिदकर्ताहरूले उठाएका चिन्ताहरूका सम्बन्धमा कम्पनीले बजारमा हाल भएका ह्वावेका सबै मोबाइल फोनहरूले केही समस्याको सामना गर्नुनपर्ने गुगल एपहरूमा अपग्रेडहरू उपलब्ध हुने र सामान्य अवस्थामै चल्ने बताएको छ ।
नेपालमा ह्वावे सन् २०१४ मा प्रवेश गरेको थियो । ह्वावे नेपाली बजारमा दोस्रो ठूलो स्मार्टफोन ब्रान्डको स्थानमा रहेको छ । कम्पनीले आफैँलाई विश्वव्यापी रूपमा एउटा अग्रणी सूचना प्रविधि प्रदायक कम्पनी आईसीटी सलुसन प्रोभाइडरका रूपमा स्थापित गर्दै विश्वका १ सय ७० देशमा र तीन अर्ब भन्दा बढीलाई सेवा पुर्यारएको छ ।