ब्रिटिस सैनिकको तलब भत्तामा असमानता हुनु दुःखद्–सहमहामन्त्री महत

कार्तिक १८, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेपाली कांग्रेस ब्रिटिस सैनिकहरुको तलब, सेवा सुबिधा बराबर हुनुपर्ने बताएका छन् ।   

भुतपुर्व गोर्खा सैनिक र नागरिक समाजले राजधानीमा आयोजना गरेको कार्यक्रममा सहमहामन्त्री महतले ब्रिटिस सैनिकमा नेपाली भएकै कारण तलब सेवा सुबिधामा विभेद हुनु निकै दुःखद भएको बताए ।   

अब तलब सेवा सुबिधा समान नभए ब्रिटिस सरकारलाई ब्रिटिस सैनिकमा नेपालीलाई नपठाउने चेतावनी दिन पनि उनले सरकारलाई आग्रह गरे।   

संघियता र धर्म निरपेक्षतामा कांग्रेसको सहमति थिएन– डा. महत

सहमहामन्त्री महतले आफू परराष्ट्र मन्त्री हुँदा पनि उक्त विषय सशक्त हिसाबले उठाएको स्मरण गर्दै यो समस्या समाधानका निम्ति नेपालका लागि बेलायतका राजदुत मार्फत् बेलायत सरकारलाई ब्रिटिस सैनिकमा तलब सेवा सुबिधा बराबरी गर्नका लागि चिठी समेत पठाएको उल्लेख गरे।   

आफूले ब्रिटिस सैनिकका समस्या समाधानका लागि धेरै कामको सुरुवात गरेको भन्दै अहिलेको सरकार ती कामलाई पूरा गर्न गम्भीर बन्नु पर्ने बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *