प्रभासको ‘साहो’ ले रिलिजको दोस्रो दिनमा नै कमायाे यति करोड

भाद्र १५, भारत ।  प्रभास र श्रद्धा कपुरको फिल्म साहोको हिन्दी संस्करणले बक्स अफिसमा धुम मच्चाइरहेको छ ।  

२४ करोड भारुबाट शानदार ओपनिङ गरेको साहोले रिलिजको दोस्रो दिन पनि दमदार प्रदर्शन गरेको छ । बक्स अफिस इन्डियाको वेबसाइट अनुसार ‘साहो’ ले शनिबार २३ करोड भारु कमाई गरेको छ । फिल्मको हिन्दी संस्करणले दुई दिनमा ४७ करोड भारुको कलेक्सन गरेको छ । 

यस्तै, यसको सबै संस्करणको कुरा गर्ने हो भने फिल्मले शनिबार मात्रै ५०–५५ करोड भारुको कमाई गरेको छ । यससँगै, साहोले देशभरी दुई दिनभित्रै १४० करोडको कलेक्सन गरेको छ । 

Image result for ‘साहो’

प्रभास र श्रद्धा कपुर स्टारर साहोका लागि दर्शक पनि त्यत्तिकै क्रेजी देखिएका छन् । यद्यपि, साहो फिल्म समीक्षकहरुको आशामा खरो उत्रन सकेको छैन । तर कमाई र प्रदर्शनको कुरा गर्ने हो भने यो फिल्म साउथको तेस्रो यस्तो डब गरिएको फिल्म हो जसले हिन्दी मार्केटमा सबभन्दा धेरै कमाईको रेकर्ड बनाएको छ । यसअघि प्रभासले ‘बाहुबली’ मार्फत् अत्यधिक चर्चा बटुलेका थिए । एजेन्सी 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *