अज्ञात समुहको खुकुरी प्रहारबाट चितवनका विकास श्रेष्ठ घाइते

 

फागुन ६, चितवन । चितवनको खैरहनीमा अज्ञात समुहको खुकुरी प्रहारबाट एक युवा घाइते भएका छन् । 

चितवन खैरहनी एक ज्यामिरे बस्ने ३२ वर्षीय विकास श्रेष्ठलाई बुलेट मोटरसाइकल र स्कुटरमा आएका चार जना अपरिचित युवाहरूले खुकुरी प्रहार गरेर भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

null

प्रहरीका अनुसार घाइते भएका श्रेष्ठको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । 

घटनामा संलग्नको खोजी कार्य भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *