नोबेलद्वारा प्रायोजित बिराट एक्स्पो आजबाट सुरु

फागुन २, बिराटनगर । नोबेल शिक्षण अस्पतालको मुख्य प्रायोजनमा आजबाट बिराटनगरमा बिराट एक्स्पो सुरु भएकाे छ । बिराटनगर–२ शंकरपुर मार्ग स्थित मैदानमा दिउँसो साँढे १ बजेबाट सुरु भएकाे हाे ।  एक्स्पोलाई अर्थमन्त्री डा.युवराज खतिवडाले उद्घाटन गरेका हुन् । 

 प्रदर्शनीमा नेपालसहित बिभिन्न देशका ३ सय ४० स्टल रहेकाे आयोजक समिति संयोजक भोलेश्वर दुलालले जानकारी दिएका छन्  

उनका अनुसार ४० स्टल विदेशी मुलुकका छन् । एक्स्पोमा कृषि, घरेलु तथा हस्तकलाका ६०, औद्योगिक उत्पादनका १६०, अटोमोवाईल्सका ३८, खाद्यान्नका १२, वैंक तथा विक्तिय सस्था, सूचना तथा जनचेतामूलक २० र खानेकुराका १० स्टल छन् । 

९ दिनसम्म चल्ने प्रदर्शनीलाई नेपालसहित बिभिन्न मुलुकका करिव ३ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *