कोरोना भाइरस भित्रिइसकेको भन्दै भाइरल भएको अडियोको प्रहरीले थाल्याे अनुसन्धान

चैत्र ८, काठमाडौं । नेपालमा कोरोना भाइरस भित्रिइसकेको भन्दै अडियो बनाएर सामाजिक सञ्जालमा फैलाउने प्रति नेपाल प्रहरीले अनुसन्धान शुरु गरेको छ ।   

नेपाल प्रहरीले सामाजिक सञ्जालमा भाइरल भइरहेको अडियो कसले बनाएको अनुसन्धान शुरु गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता शैलेस थापा क्षेत्रीले बताएका छन् । प्रहरीका अनुसार उक्त अडियोको छानविन प्रहरीको साइवर क्राइम ब्यूरोले गर्दैछ ।   

प्रहरी प्रवक्ता क्षेत्रीले सामाजिक सञ्जालमा कोरोना भाइरस सम्बन्धमा अफवाह फैलाएर त्रास उत्पन्न गराउनेलाई कारवाही हुने बताए । प्रहरीले अडियोको प्राविधिक पाटो अध्ययन गरीरहेको छ ।   

null

अहिले सामाजिक सञ्जालमा थापाथली स्थित नर्भिक इन्टरनेशनल अस्पतालमा ९ जना विरामीमा चेकजाँच गर्दा ६ जनालाई कोरोना भाइरस भइसकेको भएपनि लुकाईएको जिकिर गरिएको छ ।   

नर्भिक अस्पतालमै कार्यरत एक कर्मचारीले दिएको जानकारी अनुसार सरकारले नै उक्त जानकारी लुकाएको दावि गरिएको छ । साथै अडियोमा त्रिवि शिक्षण अस्पतालमा ४ जनालाई कोरोना भाइरस लागेर मृत्यु भएको र उनीहरुलाई जलाउन लगिएको समेत भनिएको छ ।   

१ मिनेटको उक्त अडियो कसले रेकर्ड गरेको खुल्न सकेको छैन । उक्त अडियोलाई सामाजिक सञ्जाल र म्यासेन्जरमा सेण्ड गरिएको छ ।   

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका विरामी नदेखिएको सरकारी निकायले आधिकारिक रुपमा प्रष्ट पारेपनि केहीले समाजमा त्रास फैलाउन गलत अफवाहहरु फैलाइरहेका छन् ।   

सामाजिक सञ्जालमा फैलिएको उक्त अडियोले आमजनमानसमा त्रास उत्पन्न गरेको सरोकारवालाले बताएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *