होली मनाएर नदीमा नुहाउन गएका १५ जनाको डुबेर मृत्यु

फागुन २८, काठमाडौं । होली मनाएर नदीमा नुहाउन गएका १५ जनाको डुबेर मृत्यु भएको छ । भारतको ओडिशा राज्यमा होली मनाएर नुहाउने क्रममा १५ जनाको मृत्यु भएको हो ।   

बीबीसीका अनुसार होली मनाएर आफ्ना साथीसँग विभिन्न नदी तथा पोखरीमा नुहाउन गएका १५ जनाको शव डुबेको अवस्थामा भेटिएको छ । विगतका वर्षमा पनि होलीका बेला मादक पदार्थ खाएर नुहाउने क्रममा मृत्युका घटना हुने गरेकाले स्थानीय प्रशासनले नदीमा जान प्रतिबन्ध लगाएको थियो । 

तर प्रशासनको प्रतिबन्धलाई बेवास्ता गरेर नदीमा नुहाउन जाँदा दुःखद घटना भएको ओडिसा राज्यको कटकका जिल्ला कलेक्टर भवानी शंकर चयनीले बताए ।  

नले भने, ‘जिल्ला प्रशासनको तर्फबाट होलीमा मानिसहरुलाई नदीमा नजान पूरै कोसिस गरिन्छ । विभिन्न व्यक्तिलाई चेतावनी पनि दिइन्छ । तर पनि यस्ता दुखद् घटना भइरहन्छ । यस्तो घटना हुन नदिन अझै सचेत रहनुपर्छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *