हनिमुनमै पतिलाई डिभार्स दिएपछी
बैशाख १५ । संयुक्त अरब इमिरेट (दुबई)मा एक नवविवाहित महिलाले आफ्नो पतिको एउटा बानीबाट आजित भएर अदालतमा डिभोर्सको निवेदन दिएकी छन् ।
खालीज टाइम्सको रिपोर्टअनुसार, हनिमुनमा गएकी महिलाले दुबईमा आफ्नो कञ्जुस पतिसँग डिभोर्सको लागि अदालतमा निवेदन दिएकी हुन् ।
null
उनीहरुको विवाह भएको तीन साता मात्रै भएको छ । विवाहपछि मात्र पत्नीले उनको पति कतिसम्म कञ्जुस छ भन्नेकुरा थाहा पाएको समाचारमा उल्लेख छ ।
महिलाका अनुसार, उनको पतिले विवाहपछि एक दिराम (दुबईको मुद्रा)पनि खर्च गरेको छैन । पतिले एक दिरामपनि खर्च नगरेपछि हैरान भएर पत्नीले डिभोर्स दिन बाध्य भएकी हुन् ।
आफूभन्दा आफ्नो पति १३ वर्ष कान्छो भएको महिलाले अदालतमा बताएकी छन् । साथै पतिले बिवाहको पहिलो दिनबाट नै पानी, बिजुली र गृहस्थीको खर्च धान्नको लागि भनेको महिलाको भनाइ छ ।
महिलाले घरको पूरै फर्निचर पनि आफ्नै पैसाले किनेकी थिइन् । यी सबै गरिसक्दा पनि पतिले आफूलाई नजरान्दाज गरेकोले आफू डिभोर्स दिन बाध्य भएको महिलाले बताइन् । एजेन्सी