सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन सरगर्मी, कसको पल्ला भारी ! क–कसले दिए उम्मेद्वारी

 

जेठ २०, धरान । सुनसरी उद्योग वाणिज्य संघको यहि जेठ २७ गते हुन गइरहेको निर्वाचनको लागि उम्मेद्वारी मनोनयन दर्ता भएको छ । आज सम्पन्न उम्मेद्वारी दर्तामा अध्यक्ष पदका लागि वर्तमान कार्यसमितिमा प्रथम उपाध्यक्ष विजय श्रेष्ठ र द्धितिय उपाध्यक्ष गिरीधारी सापकोटाले उम्मेदवारी दर्ता गरेका छन् । 

वाणिज्य सदस्यको ८ पदमा १६ जनाले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् । वाणिज्य तर्फ मनोज श्रेष्ठ, बराह ज्वेलरीका धरान शाखा प्रमुख मानबहादुर विश्वकर्मा, काजी गिरी, सशी साह, सीताराम आचार्य, दिनेश राईले उम्मेदरवारी दिएका छन् । यसैगरी अशोक जैन डाँगा, राजेश अग्रवाल, रंजित चौधरी, उपेन्द्र चाम्लिङ, प्रेमप्रसाद पराजुली, नविन राजभण्डारी, केशव श्रेष्ठ, शैलेशकुमार आचार्य (प्रमोद), अंकित अग्रहरी र जयप्रकाश शर्माले पनि सदस्य पदका लागि उम्मेद्वारी दर्ता गराएका छन् । 

null

संघको वाणिज्य महिला सदस्यमा ममता शाक्य र शुभेच्छा अधिकारी (श्रेष्ठ) को उम्मेदवारी परेको छ । वाणिज्यमा महिला सदस्यको कोट एउटा मात्र रहेको छ । 

यता ४ जनाको पद रहेको उद्योग सदस्यतर्फ ८ जनाको उम्मेदवारी परेको छ । उद्योग तर्फ सदस्यका लागि अनुप देवान, राजकुमार निरौला, राजकुमार राई, रोजन रनपैली, विष्णु वराल, पियुष राज आचार्य, प्रभाव खतिवडा र महेन्द्र प्रधानले उम्मेद्वारी दिएका छन् । यता ३ जनाको पद रहेको एशोसिएटमा अनिलकुमार अग्रवाल, राजेश अग्रवाल गोयल, राजु साह, गोपाल श्रेष्ठ, रोहन हाँडा र किसन मास्के गरी ६ जनाले उम्मेद्वारी दिएका छन् । 

 

निर्वाचन उपसमितिले उम्मेद्वारी मनोनयन दर्ता गरेको नामावाली प्रकाशन गरिसकेको छ । मंगलबार दिउँसो २ बजेसम्म उम्मेदवारी फिर्ता गर्ने समय तालिका रहेको निर्वाचन उपसमितिले जनाएको छ । यता वस्तुगत र उद्योगतर्फको महिला सदस्य निर्विरोध चयन भएका छन् । वस्तुतगततर्फ सदस्यमा शिवराज श्रेष्ठ र रामस्वरुप शर्मा निर्विरोध भएका छन् । उद्योगको महिलातर्फ एलिना मगर निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ । 

सुनसरी उवासंघको नेतृत्व हत्याउन उठेका गिरीधारी सापकोटा र विजय श्रेष्ठविचको चुनावी भिडन्त रोचक हुने भएको छ । 

दुई दशकदेखि सुनसरी उवासंघमा उद्योगी ब्यापारीको पिर मर्का बुझेका गिरीधारी सापकोटा योग्यताका हिसाबले नेतृत्व संहाल्न योग्य छन् । तर, उनलाई विजय श्रेष्ठ फलामको चिउरा चपाए सरह भएका छन् । कारण जातिय सहानुभूति । सुनसरी उवासंघमा सदैव जातिय भोट र सहानुभूतिले उम्मेद्वारले जित्ने नजित्ने टुंगो लाग्छ । सुनसरी उवासंघमा नेवार समुदायको बाहुल्यता भएकोले उनलाई नेवारी भोट आउनेमा शंका छैन । त्यसमाथि उनलाई स्थानीय नेकपाको समेत भित्रि आश्वासन छ । 

यता गिरीधारी सापकोटा पनि सुनसरीका उद्योगी ब्यवसायीका लागि अपरिचित नाम हैन । दुई दशकदेखि उद्योगी ब्यवसायीकै हक हितका लागि दिलो ज्यान दिएका सापकोटा विशेष गरी साना ब्यवसायीहरु माझ लोकप्रिय छन् । 

धरानका कुनैपनि ब्यवसायीलाई कुनैपनि प्रकारको समस्या आइपर्दा उनीहरुका पक्षमा प्रहरी प्रशासन देखि उवासंघका पदाधिकारीसम्मलाई च्यालेञ्ज दिएर काम गर्ने उनको स्वभाव छ । उनलाई उवासंघका बर्तमान पदाधिकारी र तिनका नजिककाले भोट नदिएपनि साना उद्योगी ब्यवसायीले खुल्ला दिलले भोट दिन्छन् ।  

त्यससँगै धरानमा माडवारी समुदायको भोट पनि निर्णायक हो । माडवारी समुदाय र साना ब्यवसायीको मत आए सापकोटाको जित सुनिश्चित भएको ब्यापारीहरुको भनाईछ । त्यसो त उनी यस अघिको निर्वाचनमा द्धितिय उपाध्यक्ष उठ्दा सर्वाधिक मत पाएर विजयी भएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *