प्रदेश १ मा राजधानी किचलोः विराटनगर खुल्दा धरान बन्द

 

बैशाख २३, काठमाडौं । प्रदेश १ को राजधानी विराटनगर तोकेसँगै विराटनगरको बन्द खुल्ला गरिएको छ भने धरानवासी आन्दोलित बनेका छन् । 

सोमबार दिउँसो आन्दोलनरत् पक्ष र मुख्यमन्त्री बीच सम्पूर्ण संरचनाहरु सहित प्रदेश नं. १ को स्थायी राजधानी विराटनगर नै हुने भएपछि सडक संघर्षमा उत्रिएका स्थानियवासी तथा विभिन्न दलका नेताहरुले आन्दोलन फिर्ता लिइरहँदा यता धरानवासीले भने राजधानी नपाएको झोकमा टायर बालेका छन् । 

null

१ नं प्रदेशको राजधानी सुनसरीको धरान सिफारिस भएका सहरहरु मध्येबाट पर्न नसकेपछि धरानका नगरवासी आन्दोलित भएका हुन् । 

सोमबार नेकपा धरानका नेता चात्लुङसहित विद्यार्थीहरु सडकमा उत्रिएका छन् । आन्दोलन गर्ने क्रममा दुई विद्यार्थी नेता घाइते समेत भएका छन् । 

घाइते हुनेहरुमा अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष बुद्रोश लिम्बू र क्रान्तिकारी कै अर्का एक विद्यार्थी नेता रविन श्रेष्ठ रहेका छन् । उनीहरुको धरान–९ स्थित विजयपुर अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *