प्रधानमन्त्री सिनेट बोलाउने, मन्त्री काम नगर भन्ने, उपकुलपति २४ घन्टामा ५ करोड भुक्तानी गर्ने

फागुन १२, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक वरिष्ठ प्राध्यापकले हिजो हाम्रो कार्यालयमा फोन गरेर सोधे ‘तपाईहरुलाई थाहा छ हाम्रा उपकुलपति कता छन् ? पत्ता लगाइदिनु पर्यो, यी पाइलट उपकुलपतिले संस्था नै तहस नहस पारे !’ 

फोन उठाउने रिसेप्टेनिष्टले आश्चर्य चकित हुदै भनिन् ‘डा. साब, रङ नम्बर परेजस्तो छ, यो त मिडियाको कार्यालय हो । हामीलाई उपकुलपति कता छन् थाहा हुने कुरा हैन’ प्राध्यापकले थपे–‘नानी उहाँको दुइ वर्षे कार्यकालमा मुस्किलले उहाँ सँग एक पटक देखादेख भो, लगभग १६ महिना उहाँ राजधानीमै बस्नु भो, सबै काम रोकिएका छन्, उहाँलाई पाइलट उपकुलपति भन्न थालिसके, काठमान्डू बस्ने, एक दिनको लागि उडेर आउने, करोडौंको भुक्तानी गर्ने अनि फेरी काठमान्डू भागिहाल्ने !’ 

स्थापनाकाल देखिका प्राध्यापकको कुरा सुनेर हाम्रो टीमले शुक्रबार बिहान वीपी प्रतिष्ठानको उपकुलपति कार्यालयमै सम्पर्क गर्यो ‘उपकुलपति ज्यू कता हुनुहुन्छ ।’ दिउसो ४ बजेतिर गरेको फोन उठाउनेले भनिन्, ‘सर उहाँ आउनु भएको थियो, आज बेलुका काठमान्डू फर्किसक्नु भयो’ 

null

 

वीपी प्रतिष्ठानका भ्रष्टाचार, अनियमितता र विसंगतिका बारेमा लेखिरहेको हाम्रो कार्यालयमा प्रतिष्ठानकै प्राध्यापकले फोन गरेर ‘उपकुलपति कहाँ हुनुहुन्छ ?’ भनेर सोध्नु अचम्मको कुरा थिएन । 

किनकी पछिल्लो समय प्रतिष्ठानका विषयमा राजधानीबाट सबैभन्दा बढि समाचार, रिपोर्ट प्रकाशित गर्ने सञ्चार माध्यम नै हामी जो बनेका छौं । 

यस हिसावमा प्रतिष्ठानकै प्राध्यापकले कार्यालयमा फोन गरेर ‘उपकुलपति कहाँ हुनुहुन्छ ?’ भनि सोधिसकेपछि हामीले के भइरहेको रहेछ जानकारी राख्नु स्वभाविक हो । 

उपकुलपति किन यति धेरै राजधानी बस्छन ? एक दिनको लागि प्रतिष्ठानकै रकम खर्च गरेर धरान गएर के गर्दा रहेछन भन्ने जिज्ञासा हुनु स्वाभाविकै हो । हामीले प्रतिष्ठानका पुर्व खरिद अधिकारी र हालका लेखा सहायकलाई जिज्ञासा राख्यौं । 

‘उपकुलपति आजकल कति कार्यालयमा बस्नुहुन्छ ?’ ती कर्मचारीले जवाफ दिए ‘सर यहाँको अवस्थाको कुरा नगर्नुस, उहाँ करिब ६ दिन उता काठमाडौंमा हुनहुन्थ्यो, अस्ति आउनु भयो, र एकैदिन २४ घन्टामा ५ करोड बढिको भुक्तानी गरेर फेरी काठमाडौं नै जानु भो । 

त्यसपछि ती कर्मचारीलाई आज केके कसरी भुक्तानी भयो जानकारी दिन मिल्ने भए भन्दिनुस भन्यौं उनले सबै डिटेल्स दिन नमिल्ने बताए । तर, उनले केहि मोटामोटी नाम लिए । जसको रकम जोड्दा साँढे चार करोड पुग्यो । 

त्यसपछि हामीले प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारलाई फोन गर्यौं । तर, उनको मोवाइल अफ देखायो । 

सिनेट टार्न नसक्ने लक्षण देखेपछि डा. रौनियारले जतिसक्दो चाँडो प्रतिष्ठानबाट ठेकेदार, सप्लायर्सलाई बढिभन्दा भुक्तानी दिएर कमाउ धन्धा गरेका हुन् ।  

प्रतिष्ठानका उपकुलपतिले शुक्रबार एकै दिन करिब ५ करोड बराबरको भुक्तानी रिलिज गरेका छन् । प्रतिष्ठानका कूलपति तथा स्वास्थ्यमन्त्रीले उपकुलपतिलाई प्रतिष्ठानमा भएका विभिन्न निर्णय र कामकारवाही उपर छानविन भएको र सोको प्रतिवेदन ४२ औं सिनेटमा पेश गरी निर्णय गर्नुपर्ने भएकोले तत्काल कुनैपनि दिर्घकालिन असर गर्ने निर्णय नगर्न निर्देशन दिएपनि उपकुलपतिले सो निर्णय विरुद्ध धमाधम भुक्तानी गरेका छन् । 

प्रतिष्ठान स्रोतले दिएको जानकारी अनुसार उपकुलपतिले एकै दिन पाँच करोडको भुक्तानी रिलिज गर्नुको कारण फागुन १६ गतेको सिनेट हो । 

उपकुलपति डा.राजकुमार रौनियारलाई पदमुक्त गर्ने हेतुले आगामी फाल्गुन १६ गते प्रधानमन्त्रीको निर्देशनमा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रतिष्ठानको ऐनको दफा ११ को उपदफा (घ) बमोजिम ४२ औं सिनेट बोलाएका छन् । 

यो दफा भनेको प्रतिष्ठानका पदाधिकारीले पदिय दुरुपयोग गरेकोमा महाभियोग दर्ता गर्ने दफा हो । यस अघि दुई दुई पटक बोलाइएको सिनेट रोकेका डा. रौनियारले १६ गतेको सिनेट रोक्न सक्ने अवस्था देखिँदैन । त्यसमाथि प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा बोलाइएको सिनेट रोक्नु भनेको उपकुलपति प्रतिष्ठानको सिनेट, नेपालको संविधान भन्दा माथि रहेको पुष्ठि गर्नु पनि हो । जुन संभव देखिँदैन । 

विभिन्न कानुन ब्यवसाय, प्रतिष्ठानका पूर्व उपकुलपति तथा नेकपा, नेपाली कांग्रेसका नेताहरुसँग समेत छलफल गर्दा समेत सिनेट टार्न नसक्ने लक्षण देखेपछि डा. रौनियारले जतिसक्दो चाँडो प्रतिष्ठानबाट ठेकेदार, सप्लायर्सलाई बढिभन्दा भुक्तानी दिएर कमाउ धन्धा गरेका हुन् । 

प्रतिष्ठानमा हुने विभिन्न मेडिकल उपकरण खरिद, भवन निर्माण, ठेक्कापट्टामा उपकुलपतिलाई ठेकेदार, सप्लायर्सले ५ देखि १० प्रतिशत सम्म कमिसन दिने गरेका छन् । 

स्रोतले दिएको जानकारी अनुसार सोहि रकम उठाउनका लागि डा. रौनियारले हतारहतार एकै दिन पाँच करोडको भुक्तानी गरेका हुन् । 

उनी फागुन १६ गतेको सिनेट कुनैपनि हालतमा रोक्नका लागि ज्यान फालेर शक्ति केन्द्र धाउँदैछन् । यसका लागि उनले केहि साता यता राजधानीलाई नै अस्थायी बासस्थान बनाएको स्रोतको दावि छ । स्रोतका अनुसार डा. रौनियारले सौर्य एयरलाइन्समा पूर्व मालिक दीपक पोखरेल, सुनसरी दुहवीका भारतीय रुपैंया कारोबारी हरिकिशन डाँगा, मेडिकल ब्यापारी हस्पिटेक इन्टरप्राइजेजका विशाल पण्डितको आर्थिक सहयोग लिइरहेका छन् । 

प्रतिष्ठान स्रोत अनुसार यतिबेला डा. रौनियारले आफ्नो पद जोगाउन क्षेत्रियताको कार्ड फ्याँकिरहेका छन् । शुक्रबार बेलुकी नै राजधानी आइपुगेका डा. रौनियारले मधेश केन्द्रित दल र तिनका सांसदलाई गोप्य भेटघाट गरिरहेका छन् । उनले आफु मधेशको मान्छे भएकोले मधेशी समुदायलाई सखाप पार्नका लागि आफुलाई हटाउने सड्यन्त्र भइरहेको भन्दै मधेशवादी नेताहरुसँग सिनेट रोक्न हारगुहार गरेका छन् । 

र, डा. रौनियारको पद जोगाउन लागि परेका छन्, उनका दाजु गौरिशंकर रौनियार जो नेपाली कांग्रेसका नेता समेत हुन् । यता प्रतिष्ठानको सिनेटको मिति नजिँकिँदै गर्दा अब के होला भन्दै प्रतिष्ठानका कर्मचारी र चिकित्सकले चिन्ता ब्यक्त गरेका छन् । प्रतिष्ठान दुई वर्ष यता उपकुलपतिको निजी पेवा जस्तै भएको, रजिष्ट्रार र शिक्षाध्यक्षलाई उपकुलपतिले नै ‘पेण्डुलम’ बनाएकोले प्रतिष्ठानको शैक्षिक, आर्थिक र प्रशासनिक काम कारवाही प्रभावित भएको छ । एक कर्मचारीले यस्तै अवस्था अब ६ महिना रहिरहे प्रतिष्ठान इतिहासमै सबैभन्दा खराब अवस्थामा पुग्ने ठोकूवा गरे । 

‘उहाँले सुरुमा राम्रै काम गनुृहुन्छ भन्ने थियो, प्रतिष्ठानको पुरानो मान्छे, रेडियोलोजीको गोल्डमेडलिष्ट ब्यवस्थापनमा दक्ष हुनुहुन्छ भन्ने थियो तर, कुर्सीमा बसेको ६ महिना नपुग्दै कर्मचारी, शिक्षक, चिकित्सक सबैलाई शत्रुको जस्तो ब्यवहार गर्नुभो, प्रतिष्ठानको सबै पदाधिकारीको अधिकार खोसेर अधिनायकवाद लागू गर्नु भो ।’ एक प्राध्यापकले भने–‘आफ्नै सहकर्मीलाई समेत लात हानेपछि जस्तै राम्रो गर्न खोजेपनि कसैले साथ दिँदैन ।’ उनले भने । 

कतिपय विषयमा आयोग आफैंले प्रतिष्ठानमा छापामारी विभिन्न फायलहरु ल्याएर अनुसन्धान गरिरहेकोले ती फायलहरु तामेलिमा राख्नका लागि डा. रौनियारले पाठकसँग सेटिङ गरेका छन् । 

नेपाल इन्जिनियरिङ कलेजका लम्बोदर न्यौपाने पक्षधरबाट ७८ लाख घूस खाएको काण्डमा राजिनामा दिएर बसेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनाराण पाठक र वीपी प्रतिष्ठानका उपकूलपति डा. रौनियारको समेत साँठगाँठ रहेको बुझिएको छ । 

स्रोतले दिएको जानकारी अनुसार प्रतिष्ठानमा भएका अनियमितता र भ्रष्टाचारका विषयमा आयोगमा उजुरी परेको र कतिपय विषयमा आयोग आफैंले प्रतिष्ठानमा छापामारी विभिन्न फायलहरु ल्याएर अनुसन्धान गरिरहेकोले ती फायलहरु तामेलिमा राख्नका लागि डा. रौनियारले पाठकसँग सेटिङ गरेका छन् । 

आयोगले डेढ वर्ष अघि ल्याएका प्रतिष्ठानका खरिद, टेण्डर लगायतका फायलहरु अहिले थन्किएको अवस्थामा छ । डा. रौनियारले पूर्वाञ्चल विश्वविद्यालयका डीन शुभनारायण पाठक ( राजनारायण पाठकका भाई) मार्फत अख्तियारमा सेटिङ गरेको स्रोतको दावि छ । 

पाठकको घूस काण्डसँगै अख्तियारबाट प्रतिष्ठानका ती फायलहरु पुनः खुल्ने संभावना देखेका डा. रौनियारले पुनः अन्य आयुक्त र अधिकारीसँग सेटिङ गर्न कसरत गरिरहेका छन् । तथापि, आयोगको प्रमुख आयुक्तमा नविन घिमिरे आएसँगै आयोगले ‘ठूला माछा’ समात्ने क्रम बढेको छ, वीपी प्रतिष्ठान पनि आयोगको नजरमा ठूलो माछा हो, त्यसलाई समात्न आयोगले ठूलै योजना बनाइ अनुसन्धान गरिरहेको खुल्न आएको छ । 

फागुन १६ गते डाकिएको सिनेटले उपकुलपतिलाई बर्खास्त गरे अख्तियारलाई समेत कारवाही गर्ने बाटो खुल्ने केहि अधिकारीहरु बताउँछन् । 

 

 

 

 

 

 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *