विश्वास जित्दै एलआईसी, ६१ अर्व भन्दा बढी पुग्यो बीमा कोषको रकम

माघ १४, काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको जीवन बीमा कोषको रकम रु ६१ अर्व भन्दा बढी पुगेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको बीमा कोषको रकम ६१ अर्व ८४ करोड ५६ लाख पुगेको हो । कम्पनीले करिब ७ अर्व ६९ करोड कूल बीमाशुल्क आर्जन गरेको छ ।   

एलआईसी नेपालमा भारतीय जीवन बीमा निगम (एल.आई.सी. अफ इन्डिया) को ५५ प्रतिशत, विशाल ग्रुपको २५ प्रतिशत र सर्वसाधारण लगानीकर्ताहरूको २० प्रतिशत शेयर लगानी रहेको छ । 

देशभरका ७४ शाखा कार्यालयहरूमार्फत सेवा प्रदान गर्दै आएका कम्पनीले बीमित शेयर धनी, कर्मचारी अभि कर्ता, एजेन्सी म्यानेजर लगायत शुभेच्छुकहरूको विश्वास जित्दै स्थापनाको १८ वर्ष पुरा गरेको छ ।   

एलआईसी नेपालमा भारतीय जीवन बीमा निगम (एल.आई.सी. अफ इन्डिया) को लगानी रहेको छ । यस कम्पनीले नेपालको प्रचलित ऐन तथा नियमनकारी निकायहरू (बिमा समिति, नेपाल राष्ट्र बैङ्क, कम्पनी रजिस्ट्रार कार्यालय, नेपाल धितो पत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि.) को निर्देशनहरुलाई पूर्णरुपले पालना गर्दै आएको छ ।   

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लि.को स्थापना २०५७ पुस मा भएको थियोे । २०५८ साउनमा जीवन बिमा व्यवसाय सञ्चालनको अनुमति प्राप्त गरी कम्पनीले भदौ देखि आफ्नो कार्य सञ्चालन गरेको हो ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *