एभरेष्ट बैंकका लगानीकर्तालाई २० प्रतिशत नगद लाभांशको प्रस्ताव

कात्तिक १६, काठमाडौं । एभरेष्ट बैंकले आफ्ना शेयरधनीलाई २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गर्ने भएको छ । 

बैंकको हिजो बसेको २९८ औं सञ्चालक समितिको बैठकले बैंकका सेयरधनीहरुलाई नगद २० प्रतिशत लाभांश प्रदान गर्न प्रस्ताव गर्ने निर्णय गरेको बैंकले जनाएको छ । 

उक्त नगद लाभांश नेपाल राष्ट्र बैंक र वार्षिक साधारणसभाबाट स्वीकृति प्राप्त भएपछि वितरण गर्नेछ । हाल सानिमा बैंकको चुक्ता पूँजी ८ अर्ब ६८ करोड ६८ लाख ६३ हजार ६ सय ६९ रुपैयाँ रहेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *