कनौडियाले उखु किसानलाई १२ करोड तिरे, अब ६ करोड तिर्न बाँकी

पुष २५, काठमाडौँ । काँग्रेस सांसद एवं उद्योगी वीरेन्द्र कनौडियाले उखु किसानलाई १२ करोड रुपैया भुक्तानी दिएका छन् । किसानको तिनुपर्ने १८ करोड रुपैयाँ १२ करोड रुपैयाँ उखु किसानहरुको खातामा जम्मा गरेका कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले ट्वीटमार्फत जानकारी दिएका छन् ।   

प्रवक्ता  शर्माले ट्विट गर्दै ‘उखु किसानहरुको खातामा १२ करोड रुपैयाँ जम्मा गरेर चिनी उद्योगी एवं कांग्रेस सांसद वीरेन्द्र कनौडियाले सोको जानकारी कांग्रेस केन्द्रीय कार्यालयलाई दिएको बताएका छन् ।   

त्यस्तै शर्माले कनौडियाले अब ६ करोड रुपैयाँ तिर्न बाँकी रहेको समेत जनाएका छन् । उनले ट्विट्मा भनेका छन्, ‘अब चुक्ता गर्न ६ करोड बाँकी रहेको बताउँदै यथाशीघ्र चुक्ता गर्ने प्रतिबद्धतापनि पार्टीसँग व्यक्त गर्नुभएको छ ।’ लेखेका छन् ।   

कनौडियाले गत साता उखु किसानहरुसँग गरेको सहमतिअनुसार माघ ७ गतेभित्र सबै रकम चुक्ता गर्ने प्रतिबद्धता जनाएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *