जीप दुर्घटना हुँदा चालकको ज्यान गयो

अर्घाखाँची – मालारानी गाउँपालिका वडा नम्बर–५, बाँगीमा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको  छ । 

मालारानी गाउँपालिका वडा नम्बर–५, बाँगी घाटखोलामा लु १ ज ३५०३ नम्बरको जीप दुर्घटना हुँदा चालकको ज्यान गएको हो । जीप चालक गुल्मीको धुर्कोट गाँउपालिका–३, गल्धा बस्ने शेरबहादुर थापा इन्द्रको उपचारका लागि बुटवल लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ । 

सन्धिखर्कदेखि गुल्मीको भनभने जान हिँडेको जीप दुर्घटनामा परेको हो । गाडीमा १५ जना सवार थिए । चालक बाहेक अन्य कोही पनि दुर्घटनामा घाइते नभएको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए। 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *