छुट्टिए कपिल शर्मा गर्लफ्रेन्ड गिन्नीसँग, कारण यस्तो छ
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, भदौ ३१ । भारतका हास्यकलाकार कपिल शर्माका लागि यो वर्ष अत्यन्तै खराब रह्यो । सहकलाकार सुनिल ग्रोभरसँग विमानभित्र झगडा गरेपछि सुनिलले शो नै छोडिदिए । त्यसकारण शोको टीआरपी नै घट्यो ।
अहिले आएको जानकारी अनुसार कपिलले गर्लफ्रेन्ड गिन्नीसँग ब्रेकअप गरेका छन् । कपिलले आफैंले ब्रेकअप गरेको खबर आएको छ ।
कपिलले बिहे पनि क्यान्सल गरिदिएको बुझिएको छ ।
कपिलकै टीममा रहेकी एक युवतीसँग उनको नजिकको सम्बन्ध रहेको स्रोतको भनाइ छ । ती युवतीले नै कपिल र सुनिलबीचको झगडालाई सार्वजनिक गरेको स्रोत बताउँछ ।
यिनै युवतीका कारण कपिल र गिन्नीका बीच फाटो आएको बताइएको छ । तर कपिल र गिन्नी आफैंले केही नभनेकाले उनीहरूबीच समस्या आएको भनेर दाबी नै गर्न सकिने स्थिति चाहिँ छैन ।
एजेन्सी
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित