हिजो कति परे मापसे कारवाहीमा ? ४९ ट्याक्सी पनि कारवाहीमा परे

माघ २, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी कार्यालयले हिजो १ गते ४९ ट्याक्सी कारवाहीमा परेको जनाएको छ । मेट्रो ट्राफिकले यात्रुसँग बढि भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर विगार्ने र विग्रेको मिटर नबनाउने समेत ४९ ट्याक्सी चालकलाई कारवाही गरेको जनाएको छ ।   

ट्राफिक प्रहरीले पछिल्ला दिनहरुमा उपत्याका भित्र गुड्ने ट्याक्सीमाथि निगरानी बढाएपनि यात्रु ठगिने क्रम रोकिएको छैन । महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी भीमप्रसाद ढकाल स्वयं ट्याक्सी अनुगमनमा हिँड्ने गरेपनि प्रभावकारी भएको छैन ।   

एक महिना देखि उनी नियमित रुपमा सार्वजनिक सवारी र ट्याक्सी अनुगमनमा हिँडिरहेका छन् ।   

हिजो मात्रै उपत्यकाका विभिन्न स्थानमा मापसे चेक गर्दा १३० चालक कारवाहीमा परेका छन् । भने, लेन मिच्नेहरु ७६ जना कारवाहीमा परेको मेट्रो ट्राफिकले जनाएको छ ।   

यसैगरी, जेब्राक्रसिङ माथि सवारी रोक्ने २४, ८ वटा ट्रिपर,  सि.सि. टि.भी. मार्फत ७५, फुटपाथ पार्किङ १७७, हर्न कारवाही ४२ जनालाई गरिएको छ । अनाधिकृत पार्किङ उपल ह्विल लक÷चेन कारवाहीमा ७७ सवारी परेका छन् । भने, अन्य कारवाही ११२२ रहेको मेट्रो ट्राफिकले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *