भाइब्रेण्टको लोगो दुरुपयोग गरी पुस्तक प्रकाशन, नेमका शिक्षकलाई पक्राउ पुर्जी
काठमाडौं, ३० बैशाख । राजधानीको एक शिक्षण सस्थामा कार्यरत शिक्षकहरुले बर्षौदेखि किर्ते काम गर्दै आएको खुलासा भएको छ । नेममा कार्यरत शिक्षकहरु प्रयोग गरी नक्कली पब्लिकेशन (प्रियान्शु पब्लिकेशन) खोलेर गत पाँच वर्षदेखि भाइब्रेण्टको नाम र लोगो दुरुपयोग गरेको भेटिएको हो ।
भाइब्रेण्टको नाम र लोगो दुरुपयोग गरेर नौ किसिमका कितावहरु अनुमति बिना नै हजारौंको संख्यामा विक्री वितरण गरी किर्ते र ठगी गर्दै आएको पत्ता लागेको भाइब्रेण्टका सञ्चालक होमनाथ नेपालले जानकारी दिए ।
null
सामाजिक सञ्जालमा आइबेरिस अमारा अलबिजिया नामक किर्ते आईडी बनाएर मेडिकल इण्ट्रान्स तयारी कक्षा सञ्चालन गर्ने ‘नेम’ मा कार्यरत शिक्षकरु लागिपरेको भेटिएको छ । यही किर्ते आइडीबाट अर्काे प्रतिष्ठित मेडिकल इण्ट्रान्स तयारी गराउने शिक्षण संस्था भाइब्रेण्टलाई बिक्री भएको भ्रमपूर्ण सूचनासमेत दिने गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले किर्ते काममा शिक्षकहरु मनोज सिंह, कमल नेपाल, गजेन्द्र सिंह, राजेश साह, कृष्णकुमार गुप्ता, महेन्द्र यादव, विदुर भट्टराई संलग्न रहेको भन्दै उजुरी परेको बताए । मनोज सिंह भारतीय नागरिक हुन् ।
‘परिसरले मनोज सिंहमाथि महानगरीय वृत्त अ.अ. तथा कारबाही शाखा सिंहदरबारलाई पक्राउ पुर्जी काटेको छ ।’ बोगटीले भने । कुनै विदेशी नागरिकले विना अनुमति पुस्तक लेख्न पाउँदैन । यसरी किर्ते धन्दामा संलग्न भएको भन्दै भाइब्रेण्टले प्रहरीमा उजुरी दिएको छ । उजुरीपछि प्रहरीले उनीहरु विरुद्ध वारेण्ट पूर्जी जारी गरेको छ ।
प्रतिलिपी चोरीमा उनीहरुलाई तीन वर्षदेखि सात वर्षसम्म कैद र विगो जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ । भाइब्रेण्टले उनीहरुसँग तीन करोड क्षतिपूर्ति माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । नेमका सञ्चालकले भाइब्रेण्टले महानगरीय प्रहरी परीसरलाई नै प्रभावमा पारेर आफ्नो पक्षमा विद्यार्थी तान्ने योजनाको साथ अनावश्यक बखेडा झिकेको बताएका छन् ।