सिंगापुरबाट फर्केलगत्तै बाढीपीडितलाई भेट्न जान्छुः प्रधानमन्त्री

 

साउन १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विशेष राहत प्याकेज लिएर प्रदेश २ का बाढीपीडितलाई आफैँ भेट्न जाने भएका छन् । 

सरकार बाढीपीडितको घरमा नपुगेको, राहत उपलब्ध नगराएको, प्रभावकारी रुपमा वितरण नभएको भन्ने गुनासो बढिरहँदा प्रधानमन्त्रीले सिंगापुरबाट फर्केलगत्तै राहत प्याकेज लिएर आफैँ भेट्न जाने बताएका हुन् । 

null

प्रम ओली भोलि (शनिबार) स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाँदैछन् । त्यहाँबाट फर्केलगत्तै बाढीपीडित क्षेत्रका जनतालाई भेटेर त्यहाँको अवस्थाबारे जानकारी लिन लागेका हुन् । 

प्रदेश २ बाट प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुको टोलीसँग शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर मधेसको अवस्थाबारे जानकारी लिएका ओलीले बाढीले पूरै घर बस्न नहुने गरी क्षति पुगेका जनतालाई सरकारले नै घर बनाइदिने र खेतीबाली नष्ट भएका पीडित परिवारका कम्तिमा एकजनालाई रोजगारी समेत दिइने बताए । 

नेकपाका प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, सहइन्चार्ज विश्वनाथ साह, अध्यक्ष प्रभु साह, सचिव सुमन प्याकुरेलसहित सो प्रदेशबाट निर्वाचित नेकपाका सांसदले प्रधानमन्त्रीलाई भेटेर मधेसका बाढीपीडितको अवस्थाबारे जानकारी गराएका थिए । 

लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट देशभरका जनता प्रभावित भएका थिए । बाढीपहिरोमा परी ९० भन्दा बढीको ज्यान गएको थियो भने हजारौँ घर–परिवार विस्थापित भएको थियो । अझै पनि उनीहरु त्रासमा नै छन् । राहत नपुगेको पीडितले गुनासो गर्दै आएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *