परोपकारको आवरणमा व्यापार चलाउने संस्थाहरुमाथि कारवाही गर्न निर्देशन

माघ २०, काठमाडौं । परोपकारको आवरणमा व्यापार चलाउने संस्थाहरुको पहिचान गरी कारवाही  गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । 

सोमबार बसेको संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको महिला तथा सामाजिक समिति बैठकले त्यस्ता संस्थाहरुको अनुगमन र पहिचान गरि तत्काल कारवाही गर्न गृह मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषद्लाई निर्देशन दिएको हो ।   

समितिले बालबालिकाको हित प्रवर्द्धनका लागि खुलेका गैरसरकारी संस्थाहरुको काम कारवाहीमा पारदर्शिता कायम गर्न पनि निर्देशन दिएको छ । 

null

यस्तै, सूचनाको हकसम्बन्धि ऐन २०६४ अनुसार हरेक तीन महिनामा अध्यावधिक विवरण अनिवार्य रुपमा प्रकाशन गराउने व्यवस्था मिलाउन पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ । 

त्यसैगरी नेपाल बाल संगठनलाई संघीय संरचना अनुसार परिवर्तन गर्नका लागि सम्पूर्ण चल अचल सम्पत्ति तत्काल महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय मातहत ल्याउन पनि निर्देशन दिएको छ । 

संघीय संरचनाअनुसार बन्ने सम्पूर्ण बाल संरक्षण सम्बन्धि संस्थाहरुलाई बालबालिका मैत्री बनाउने, न्यूनतम मापदण्ड पुरा गरेर मात्र खोल्न दिन पनि मन्त्रालयलाई निर्देशन दिएको हो ।   

बालबालिका संरक्षण गर्ने संस्थाहरुसँग आवद्ध रहेका व्यक्तिलाई आवद्धता समाप्त भएको ५ वर्षसम्म बालगृह खोल्न र कुनै पनि आवद्धता कायम राख्न नपाउने व्यवस्था गर्नसमेत समितिले निर्देशन दिएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *