राप्ती उद्योग वाणिज्य संघले पूर्णता पायो
साउन २३, चितवन । चितवनको राप्ती उद्योग वाणिज्य संघको प्रथम उपाध्यक्षमा प्रदिप उप्रेतीलाई मनोनित गरिएको छ ।
संघको पछिल्लो वैठकले किराना डिलर व्यवसायी उप्रेतीलाई प्रथम उपाध्यक्षमा मनोनित गरेको हो । त्यस्तै सचिवमा फर्निचर व्यवसायी नवराज पाठकलाई मनोनित गरिएको संघका अध्यक्ष राजकुमार कडेंलले जानकारी दिए ।
null
रिक्त रहेको प्रथम उपाध्यक्ष र सचिव मनोनित भएपछि संघको कार्यसमिति संख्या २६ पुगेको छ । संघको अधिवेशन भएको आठ महिनापछि संघले पूर्णता पाएको हो ।
मंसिरमा भएको अधिवेशनले कार्यसमिति निर्विरोध चयन गरेको थियो भने विशिष्ठ सदस्य र चार जना सदस्यलाई सो कार्यसमितिले मनोनित गरेको थियो ।
संघको विशिष्ठ सदस्यमा पूर्ण वहादुर थापा, वरिष्ठ उपाध्यक्षमा मार्कण्ड प्रसाद गौतम, वाणिज्य उपाध्यक्षमा ओमप्रसाद डल्लाकोटी, उद्योग उपाध्यक्षमा प्रतिभा पाण्डे, महासचिवमा परशुराम पाठक, कोषाध्यक्षमा इश्वर तिमल्सीनासहित सदस्यहरु निर्विरोध भएका थिए ।