घरायसी विवादमा श्रीमानले आगो लगाउँदा घाइते भएकी कञ्चनको मृत्यु
बैशाख १३, सिरहा । घरायसी विवादमा श्रीमानले मट्टीतेल खन्याएर आगो लगाउँदा गम्भीर घाइते भएकी २१ वर्षीय कञ्चनदेवी मण्डल खत्वेको उपचारका क्रममा मृत्यु भएको छ ।
सिरहा नगरपालिका–८ की २१ वर्षीया कञ्चनलाई उनका पति बेचन मण्डल खत्वेले बिहीबार मट्टीतेल खन्याएर आगो लगाइदिएपछि उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो ।
null
घटनालगत्तै कञ्चनको उद्धार गरी प्रहरीले उपचारको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाएको थियो । तर, शरीरको अधिकांश भाग जलिसकेकाले त्यहाँ उपचार सम्भव नभएपछि कञ्चनलाई शुक्रबार काठमाडौंको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल भर्ना गरिएको थियो । सोही अस्पतालमा उनको उपचारका क्रममा मृत्यु भएको हो ।
घटनापश्चात् कञ्चनका पति बेचन मण्डल खत्वे फरार भएका छन् । कञ्चनकी सासुलाई नियन्त्रणमा लिइएर अनुसन्धान अघि बढाइएको सिरहा प्रहरीले जनाएको छ ।