कान्स फिल्म फेस्टिवलमा सबैको नजर यी सुन्दरीमा
मकालु खबर
२०७६ जेठ २ गते
एजेन्सी । बलिउड सुन्दरी सेलेना गोमेजले यसपटक कान्स फिल्म फेस्टिभलमा सबैको ध्यान तानेकी छिन् । २६ वर्षिय सुन्दरीले लगाएको ह्वाइट कलरको पहिरनले सबैको ध्यान खिच्यो ।
सेलेनाले अभिनय गरेको चलचित्र ‘दि डेड डन्ट डाइ’को प्रिमियरमा आफ्ना सहकर्मीहरुको साथमा पुगेकी सेलेनाले लगाएको ह्वाइट पहिरन आकर्षक थियो नै, उनलाई विछट्टै सुहाएको पनि थियो ।
null
मंगलबारदेखि सुरु भएको कान्स फिल्म फेस्टिभलमा उनी उक्त पहिरनमा पुरै खुलेकी थिइन् । कान्स फिल्म फेस्टिवलमा सेलेनाको हिराको रिङले पनि सबैलाई लोभ्यायो ।
गायक जष्टिन विवरसँगको प्रेम सम्बन्धबाट बाहिरिएकी सेलेना अहिले एक्लै छिन् तथापि, खुसी छिन् । उनी अहिले पुरै करियरमा फोकस भएकी छिन् । ‘मलाई अहिले पुनः प्रेम सम्बन्धमा बस्नु छैन, भोलीको कुरा अहिले न भन्न सक्दिन ।’ सेलेनाका प्रतिकृयाले बलिउड हैरान छ ।
मकालु खबर
२०७६ जेठ २ गते
प्रतिक्रिया
सम्बन्धित