भर्खरै गृहप्रवेश गरेकी दुलहीलाई दुलहाको ३६५ जोर गन्हाउने मोजा उपहार !

 

माघ १६, काठमाडौँ । हरेक युवतीको चाहना हुन्छ, विवाह गरेर गएको घरमा आफ्नो श्रीमान र परिवारले प्रेम गरून् । 

तर चीनमा पहिलो पटक विवाह गरेर श्रीमानको घर गएकी दुलहीको साथ अचम्मको कहानी सुरु भयो । 

null

दुलहीलाई दुलहाको परिवार, आफन्त र साथीहरुले उपहारमा दुलहाको ३६५ जोर मोजा दिए । त्याे पनि गन्हाउने । त्यसपछि दुलहीले ती सबै मोजा धुनुपर्यो । जसलाई धुन दुलहीलाई दुई दिन लाग्यो । 

गत वर्ष ती युवतीले आफ्नो प्रेमीलाई उसको जन्मदिनमा ३६५ जोर मोजा उपहार दिएकी थिइन् । यस वर्ष युवतीले आफ्नो प्रेमीसँग विवाह गरिन् । त्यसैले उनलाई त्यही ३६५ जोर मोजा धुन दिइयो । 

 

यस बारेमा युवतीले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सार्वजनिक गर्दै जानकारी दिएकी थिइन् । ‘एक वर्षमा मेरो श्रीमानले एउटा पनि मोजा धोएनन् । अहिलेसम्म करिब ३०० जोर मोजा धोएँ । अझै ६५ जोर मोजा धुन बाँकी छ’, दुलहीले भिडियोमा भनेकी छिन् । 

यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । जहाँ कोही युवतीको हिम्मतको खुलेर प्रशंसा गरिरहेका छन् भने कोही उनको श्रीमानलाई गाली गरिरहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *