‘तपस्वी’ रामबहादुर बमजनको आश्रममा प्रहरी, उनी भने फरार

माघ २४, काठमाडौं । ‘तपस्वी’ रामबहादुर बमजन पक्रन प्रहरी शुक्रबार बिहानै सिन्धुलीस्थित उनको आश्रममा पुगेको छ। 

बलात्कार, हत्या, हिंसा लगाएतका विभिन्न आरोप लागेका ‘तपस्वी’ बमजनलाई पक्राउ गर्न प्रहरकिो टोली सिन्धुलीको आश्रम पुगेको हो ।   

प्रहरकिो टोली विहानै त्यहाँ पुगेपनि उनलाई पक्राउ गर्न सकेका छैन । प्रहर िश्रोतले भन्यो ‘हामी यहाँ आएका छौं, तर उनलाई फोला पार्न सकेका छैनौं ।’   

उनलाई पक्राउन गर्न सिन्धुली जिल्ला अदालतबाट बिहीबारै अनुमति लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ।   

बमजनमाथि आश्रमबाटै आनी र अनुयायीहरु वेपत्ता पारेको आरोप लागेको छ । सर्लाहीकी रिता वोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फूलमाया रूम्बा, सुरेश आलेमगर र सञ्चमान वाइवा बेपत्ता रहेको स्थानीयको भनाइ छ । व्यक्ति वेपत्ताको सूचना पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । 

त्यस्तै बमजनले आनी गंगामाया तामाङलाई बलत्कार गरेको आरोप छ। गंगामायाले डेढवर्षअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूलाई बमजनले बलात्कार गरेको आरोप लगाएकी थिइन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *