एम्बुलेन्समा गाँजा तस्करी

माघ १२ काठमाडौं ।  मकवानपुरमा सरकारी स्वास्थ्य चौकीको एम्बुलेन्स प्रयोग गरी प्रतिबन्धित लागुऔषध गाँजा तस्करी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।   

जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले शनिवार ३० केजी गाँजासहित तीन जनालाई पक्राउ गररेको हो ।  रौतहटको डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेहरुमा एम्बुलेन्स चालक रौतहट डुमरीया नगरपालिका वडा नम्बर ९ का ३९ वर्षीय महमद खलिद, एम्बुलेन्समा सवार रौतहट डुमरीया नगरपालिका वडा ४ का वर्ष १९ वर्षीय अशोक कुमार र भारत बिहार मोतिहारी जिल्ला बसन्तपुरका २२ वर्षीय बिनोद सहनी रहेका छन्। 

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको जाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *