बैतडीमा जिप दुर्घटनाः तीन जनाको मृत्यु, तीन घाइते

 

जेठ ५, बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अर्का ३ जना घाइते भएका छन् । 

ग१च ४९२१ नम्बरको जिप दशरथचन्द नगरपालिका–११ नानीगाँडस्थित सडकबाट डेढ सय मिटर तल खस्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । 

null

दुर्घटनामा दशरथचन्द नगररपालिका–१० वाराकोट बस्ने वर्ष ४५ को हीरावल्लभ भट्ट, अन्दाजी ६५ वर्षीया नरुली भट्टको मृत्यु भएको हो । अर्का एक जना मृतकको सनाखत हुन सकेको छैन । 

यस्तै दशरथचन्द नगरपालिका १० कै प्रकाश भट्ट, जीप चालक नवीन भट्ट र कञ्चनपुर महेन्द्रनगर बस्ने राहुल भट्ट घाइते भएका छन् । 

घाइतेहरुलाई उद्धार गरी अस्पताल ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *