‘हिन्दूराष्ट्रका लागि राजधानीवासीलाई जगाउँछौं, राजसंस्था पुनर्स्थापना गर्छौँ’

 

चैत १, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापनाको एजेण्डा नछोड्ने दाबी गरेका छन् । 

फागुन १५ गतेदेखि ताप्लेजुङबाट सुरु गरिएको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज समापन गर्ने क्रममा बोल्दै उनले राजसंस्था पुनस्र्थापनाको एजेण्डा कुनै पनि हालतमा नछोड्ने दाबी गरेका हुन् । ‘हिन्दूराष्ट्रका लागि हामी राजधानीवासीलाई उठाउँछौं, जगाउँछौं । हामी आगामी दिनमा सत्तामुखी राजनीति गर्दैनौँ । राजसंस्था पुनस्र्थापनाको ऐजण्डा पनि छोड्दैनौँ’, उनले भने । 

null

आफ्नो पार्टीले पटक पटक सरकारमा गएर गल्ती गरेको भन्दै विगतमा भएका त्रुटी र कमी कमजोरीका कारण जनतामा पर्न गएको खिन्नताप्रति दु:ख प्रकट गर्दै उनले माफी समेत मागेका छन् । 

यात्राका क्रममा ३७ जिल्लामा दुई हजार ८ सय १० किलोमिटर यात्रा गरेको र साना ठूला गरी १ सय ५२ सभा भएको राप्रपाले जनाएको छ । 

राप्रपाले मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा भृकुटीमण्डपमा आज समापन गरेको हो । 

हिन्दु राष्ट्र पुनस्र्थापना, संघीयताबारे जनमतसंग्रह, राष्ट्रिय अखण्डताको रक्षा, भष्ट्राचारको अन्त्यका लागि राप्रपाले गत फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई माग पत्र बुझाएको थियो। 

ती मागहरु जनतालाई जानकारी गराउन मेची–महाकाली र उपत्यकाभित्र स्वाभिमान यात्रा गरिएको राप्रपाले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *