विश्व कोरोना मुक्तिका लागि पशुपतिमा विशेष पूजा

वैशाख १, काठमाडौं। कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मुक्तिका लागि पशुपतिनाथ मन्दिरमा सोमबार विशेष पूजा गरिएको छ। नयाँ वर्षको अवसरमा विश्वका सबै मानिस कोरोना संक्रमणबाट मुक्त होऊन भनी विशेष पूजा गरिएको हो।   

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले संसार भरका मानिस कोरोनो संक्रमणको जोखिमबाट मुक्त होउन् भनी उक्त पूजा गरेका हुन्। विश्वभर फैलिएको कोरोना महामारीबाट चाँडै मानिस मुक्ति होऊन् भनी कामना गर्दै कोषका कोषाध्यक्ष डा. थापाले व्यक्तिगत पहलमा पशुपतिनाथ मन्दिरमा सवा लाख दीप प्रज्ज्वलनसहितको लघुरुद्री लगाएको बताए।   

उनले २७ हजार रुपैयाँ लागतको विशेष पूजा गराएको उनको भनाइ छ। उनले भने, ‘विश्वमा कोरोना लागेर निधन भएका मानिसको चीर शान्तिको कामना गर्दै कोरोना संक्रमित सबैको स्वास्थ्य लाभका लागि यो विशेष पूजा गरिएको हो।’ 

नेपालमा कोरोना संक्रमणले कसैको निधन नहोस् र नयाँ वर्षको अवसरमा सबै नेपालीको सुस्वास्थ्यसहित चारवटा कामनाका साथ विशेष पूजा गरिएको डा. थापाको भनाइ छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *