नेकपाले सर्वसत्तावादी शासन ल्याउन खाेजेकाे देउवाको आरोप

भाद्र २५, धरान । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपाको सरकारले एकदलीय सर्वसत्तावादी शासन ल्याउन खाेजेकाे आरोप लगाएका छन् ।  

नेपाली काँग्रेस धरान उपमहानगर समितिको सभालाई बुधबार धरानको भानुचौक लोकतान्त्रीक चौतारीमा सम्बोधन गर्दै सभापति देउवाले त्यही एक दलीय व्यवस्थाको लागि विगतमा लडेको स्मरण गर्दै फेरि कम्युनिष्ट सरकार विरुद्ध लड्ने बेला आएको बताए । 

प्रजातन्त्रको लागि राणा शासन, पञ्चायत हटायौं’ उनले भने ’फेरि कम्युनिष्ट सरकार विरूद्ध सडकमा उत्रिने बेला आयो ।’ देउवाले कम्युनिष्ट सरकारले मानव अधिकार विरोधी काम गरिरहेको समेत बाताए । 

कम्युनिष्ट सरकार बनेपछि जनताको बोल्न पाउने अधिकार, लेख्न पाउने अधिकार स्वतन्त्रता माथि कुण्ठित पारिरहेको उनकाे आरोप छ ।  देउवाले प्रजातन्त्रको लागि लड्ने नेपाली काँग्रेसले आउँदो उपनिर्वाचनमा धरानबाटै जितको दियो बाल्ने समेत दावी गरे । 

कार्यक्रममा काँग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजय कुमार गच्छदारले हिजोका दिनमा धरानमा लुकीलुकी काँग्रेसको संगठन बनाएको सन्दर्भ जोड्दै अब त्यो संगठनलाई जिताउन आवश्यक रहेको बताए ।   

उनले सुनसरीको अन्य क्षेत्रमा काँग्रेसले जित्दै आए पनि एक नम्बर क्षेत्र रहेको धरानमा काग्रेस जहिल्यै पछाडि पर्ने गरेकाले यसपालि चितैरै छाडने दावी गर्नु गरे ।   

नेपाली काँग्रेस धरान नगर समितीका सभापति तिलक राईको सभापतित्वमा सुरु भएको दोश्रो नगर सम्मेलन पर्सि सम्म चल्नेछ भने भोली बाट बन्द सत्र धरान ८ स्थित सभागृहमा हुनेछ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *