बसको ठक्करबाट एकको मृत्यु

बौनिया, मङ्सिर ५ । कैलालीको बर्दगोरिया गाउपालिका वडा न १ बौनिया चौकमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्व जाँदै गरेको ना. ६ ख. ६३५५ नं. को पाथीभरा यातायातको बसले ठक्कर दिदाँ पैदल यात्रीको मृत्यु भएको हो । पैदल यात्री कैलालीको भजनी नगर पालिका वडा न ६ महादेवली का आशाराम चौधरी रहेको ईलाका प्रहरी कार्यालय बौनिया प्रहरी निरीक्षक कलेन्द्र बिक्रम शाहिले जानकारी दिए । 

पैदल यात्रीलाई बसले पछाडीबाट ठक्कर दिएको हुनसक्ने शाहिले बताए । बस र चालकलाई ईलाका प्रहरी कार्यालय लम्किले नियन्त्रणमा लिएको शाहीले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *