कोरोना भाइरसले समस्या मात्र ल्याएको छैन…
चैत्र ९, एजेन्सी । कोरोना भाइरसका कारण विश्वभरीका मानिस गाह्रो परिस्थितीको सामना गरिरहेका छन् । कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या दिन दिनै तिब्र गतिमा बढिरहेको छ । एउटा शहर मात्रै होइन अहिले त केहि देश पुरै लकडाउनको अवस्थामा पुगेको छ ।
हजारौं व्यक्ति क्वारेन्टाइनमा छन् । अर्थव्यवस्था नराम्रोसँग प्रभावित भएको छ । धेरै व्यक्ति बेरोजगार भएका छन् । यो अवस्था अब कहिलेसम्म रहन्छ, यसबारेमा केही भन्न सक्ने अवस्था छैन । तर तनाव दिने यी सबै खबरकाबीच केही यस्ता चीज अगाडि आएका छन्, जुन सकारात्मक परिवर्तन जस्तै देख्न सकिन्छ ।
१. प्रदुषणमा कमि
कोरोना भाइरसका कारण केहीि देश लकडाउनको स्थितिमा छ र यसैका कारण प्रदुषणको स्तरमा कमि आएको छ । चीन र उत्तरी इटाली दुबै देशमा प्रदुषणको गम्भिर कारक नाइट्रोजन डाइअक्साइडमा भारी कमि आएको छ । औद्योगिक कारखान बन्द हुनु साथै सडकमा सवारी साधनको मात्रामा कमि आउनु यसको मुख्य कारण हो ।
अमेरिकाको न्यूयोर्कमा केही शोधकर्ताले बीबीसीलाई जानकारी दिए अनुसार गएको वर्षको तुलनामा यो वर्ष कार्वन मानोअक्साइडमा ५० प्रतिशतले कमि आएको छ । यो विशेषगरि कारबाट आउने गर्दछ ।
हवाई उडानमा रोक लगाइएको छ र ठूलो संख्यामा उडान रद्द भएका छन् । लाखौं मानिस घरबाट नै काम गरिरहेको छन् । यसको साथै जमिनलाई तातो बनाउने ग्यास कार्वन डाइअक्साइडमा पनि कमि आएको छ ।
२. पानीको गूणत्वमा परिवर्तन
भेनिसमा रहने मानिसहरुका अनुसार शहरको नहरमा वग्ने पानीको गुणत्वमा सुधार आएको छ । कोरोना भाइरसका कारण उत्तरी इटालीको लोकप्रिय पर्यटकिय गन्तव्यका सडक लगभग पुरै खाली छ । पर्यटक नआएका कारण वाटर ट्राफिक कम भएको छ र पानी सफा हुनुको मुख्य कारण नै यही हो ।
सामान्यतया यहाँको पानी यति फोहर हुन्छ कि, पानी भित्रका माछा पनि देखिँदैन ।
३. उदारता देखाउने काम
कोरोना भाइरसका कारण केहि देशका शहरहरु पुरै बन्द गरिएको छ, भने केहि देशहरु बन्द गर्ने तयारीमा छन् । घरमा कहिलेसम्म बस्नु पर्ने हो यसको डरले सबै मानिस नजिकका पसल, स्टोरहरुबाट अत्यावश्यकिय सामान ठूलो परिमाणमा खरिद गरिरहेका छन् र यसका कारण अराजकताको स्थिति पनि बनिरहेको छ ।
केहि ठाउँमा त सामान खरिद गर्ने बहानमा एकआपासमा झगडा पनि भइरहेका छन् । यी सबैका बीच केही राम्रा खबर पनि आएका छन् । न्यूयोर्कमा दुई जनाले ७२ घण्टामा १३ सय स्वयंसेवक तयार गरेका छन् । जसले शहरका बृद्ध तथा आवश्यक परेका व्यक्तिहरुको घरमा सामान र औषधी पुर्याउने काम गरिरहेका छन् ।
फेसबुकका अनुसार बेलायतमा हजारौं मानिस कोरोना भाइरससँग जुध्न बनाइएका स्थानीय सहयोग समूहमा जोडिएका छन् । यस्तो समूह क्यानडामा पनि बनाइएको छ । यी समूहका कारण केयरमोन्गरिङ ट्रेंडलाई प्रोत्साहान मिलिरहेको छ ।
४. एकजुट भइरहेका छन् मानिस
अफिस र घरको काममा भागदौडमा अक्सर मानिसहरु आफ्नो वरिपरिका मानिसहरुसँग दुरी बढाइरहेका हुन्छन् । तर कोरोना भाइरसका कारण मानिसहरु घर र समुदायसँग नजिकिन थालेका छन् । इटालीमा पुरै लक डाउनको अवस्था छ । यस्तोमा घरको बादर्लिमा आएर मानिसहरुको हौसाला बढाउन गीत गाउन थालेका छन् ।
दक्षिण स्पेनमा एक फिटनेस इन्स्ट्रक्चरले एउटा अपार्टमेन्ट कम्प्लेक्सको बीचमा रहेको छतबाट मानिसहरुलाई एक्सरसाईज गराएका छन् । मानिसहरु आफ्नो बराण्डामानै बसेर एक्सरसाईज गरिरहेका थिए । धेरै मानिसहरु यो समयमा आफ्नो साथी, परिवारको सदस्य र आफन्तहरुसँग फोन, भिडियो कलको माध्यामबाट कुराकानी गरिरहेका छन् ।
५. क्रियटिभिटी बढ्यो
भाइरसका कारण मानिसहरु घरमा रहेका छन् । उनीहरुमध्य धेरैले आफ्नो सिर्जनशीलता देखाउने मौका पाएका छन् । सामाजिक सञ्जालमा धेरै मानिसहरुले आफ्नो नयाँ बानीका बारेमा जस्तै किताब पढ्नु, खाना पकाउनु साथै पेन्टिङ गर्ने काम आफ्ना साथीहरुमाझ सेयर गरिरहेका छन् ।