‘कबड्डी कबड्डी कबड्डी’ को सार्वजनिक टिजर यस्तो छ

२०७६ असार २४ गते

असार २३, काठमाडौ । भाद्र १३ लाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को टिजर सार्वजनिक गरिएको छ ।
चलचित्र ‘कबड्डी’ काे तेश्रो सिक्वलमा बनाईएको ‘कबड्डी कबड्डी कबड्डी’ मा दयाहाङ राई, उपासना सिंह ठकुरी, रीश्मा गुरुङ, वुद्दि तामाङ, विल्सन विक्रम राई, कर्मा, बिजय बराल लगायतका कलाकार मुख्य पात्रमा रहेका छन् ।
null
करिब १ मिनेट भन्दा लामो सार्वजनिक गरिएको उक्त टिजरमा उपसना सिंह ठकुरी, दयाहाङ राई तथा विजय बराललाई देखाईएको छ ।
चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ लाई रामबाबु गुरूङले निर्देशन गरेका हुन् भने पटकथा निर्देशक गुरुङ आफै र उपेन्द्र सुब्बाले लेखेका हुन् ।
भदौ १३ लाई प्रदर्शन मिति तोकिएकाे यस चलचित्र सोही मिति तोकिएको अर्को चलचित्र ‘मारुनी’सँग भिड्ने भएको छ ।
भिडियाे हेर्नुहाेस्

२०७६ असार २४ गते
प्रतिक्रिया
सम्बन्धित