लभ स्टेशन नखेल्ने निर्णय गरिन् निरुताले

असोज, १६, काठमाडौँ । कुनै समयमा नेपाली फिल्म जगतमा निकै चर्चित र व्यस्त रहने नायिक निरुता सिंह लामो समय देखी मुम्बइमा बस्दै आईरहेकी नायिका हुन् । प्राप्त जानकारी अनुसार उनी भर्खर छायाँकन हुँदै गरेको फिल्म लभ स्टेशनमा काम गर्ने पक्कापक्की भएता पनि शो फिल्म नखेल्ने निर्णय गरेकी छिन् । 

सो फिल्म उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन भने निर्माण गोविन्द शाहीले गरेका छन् । हाल यो फिल्मको छायाँकन दार्जिलिङ्गमा भई रहेको छ । गत शुक्रबारदेखि यो चलचित्रको छायांकन सुरु गरिएको छ भने करिब ५० दिनको सेड्यूलसहित यसको निर्माणपक्ष भारत लागेका छन् । 

कुनै समय नायिका निरुता सिंह र नायक उत्तम प्रधान जोडी सुपरहिट रहेको र यही जोडीलाई फेरि एकपटक पर्दामा ल्याउने निर्देशक घिमिरेको तयारी रहेको थियो  तर, निरुताले अन्तिम समयमा आएर यस फिल्ममा काम नगर्ने निर्णय गरेकी हुन् । उनलाई लभ स्टेशनमा काम गर्न धेरै मन भएको तर उनको बुबा बिरामी भएर मुम्बइमा नै उपचार भैरहेको र उनका लागि पहिलो प्राथमिकता उनका बुवा भएको कारणले सिंहले शो फिल्म नखेल्ने निर्णय गरेकी हुन् । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *