बिग बास लिग: सन्दीपको टोलीद्वारा मध्यम लक्ष्य प्रस्तुत

 

पुस ९, काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सोमबार बिग बास लिगको दोस्रो खेल खेल्दैछन् । 

अस्ट्रेलियाको घरेलु क्रिकेट प्रतियोगिता बिग बास लिगमा सन्दीपको टोली मेलबर्न स्टार्सले होबार्ट हुरिकेन्ससामु १ सय ५६ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । 

null

टस हारेर पहिले ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५५ रन जोडेको मात्रै जोड्न सक्यो । कप्तान ग्लेन म्याक्सवेलले ३१ बलमा ४७ रन बनाए । म्याक्सवेलले ५ छक्का प्रहार गरे । 

यस्तै निक लर्किनले ४५, मार्कुस स्टोनिसले २२ जोडे भने डुविन ब्राभोले १२ रन बनाए । होबार्टका जाफ्रा आर्चरले ३ विकेट लिए। 

दुवैले प्रतियोगितामा एक एक खेल खेलेका छन्। उक्त खेल स्टार्सले हारेको थियो भने होबर्टले जितेको थियो। स्टार्सले सिड्नी थन्डरसँग ४५ बलमा ८६ रन बनाउनुपर्ने लक्ष्य पाएपनि १५ रनले पराजित भएको थियो। 

सन्दीपले गत शुक्रबार बिगबास टि–२० क्रिकेट लिगको डेब्यू खेल खेलेका थिए। सिड्नी थण्डरविरुद्धको खेलमा सन्दीपले पहिलो ओभरमै दुई विकेट लिएका थिए । उनले चार ओभरमा ३७ रन खर्चिएर दुई विकेट हात पारेका थिए। 

सन्दिपलाई टिम मेलबर्न स्टार्सले प्लेईङ सेटमा राख्दै अन्तिम टोलीको घोषणा गरेको हो । मेलबर्नले प्रतियोगिताको दोस्रो खेलमा आज होबर्ट हरीकेन्सविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *