पठाओको लुट, सेवा शुल्कका नाममा उपभोक्तासँग मनलाग्दी भाडा

 

साउन २४, काठमाडौं । अवैध रुपमा मोटरसाइकललाई भाडामा प्रयोग गर्दै आएको पठाओले ट्याक्सी सेवा पनि सुरु गरेसँगै गैरकानुनी रुपमा अतिरिक्त शुल्क उठाउन थालेको छ । 

सो कम्पनीले शुक्रबार (आज) बाट आफ्नो एपमार्फत् ट्याक्सी बुक गर्न सकिने सिष्टम राखेको हो । एप्लिकेसनमार्फत् मोटरसाइकलमा यात्रु बोक्दै आएको विवादित पठाओले ट्याक्सी सेवा प्रयोग गर्ने उपभोक्तबाट अतिरिक्त शुल्क उठाउन थालेको हो । पठाओले सो सेवा प्रयोग गरेपछि भाडा बापत लाग्ने रकम बाहेक सेवाग्राहीबाट एक सय रुपैयाँ अतिरिक्त शुल्क असुल्न थालेको छ । 

null

पठाओले विगतदेखि अवैध रुपमा मोटरसाइकललाई भाडामा प्रयोग गर्दै आएको थियो । यो विषय हालसम्म पनि विवादित नै छ । यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले भाडामा निजी सवारी प्रयोग गर्नु कानुनविपरीत भएको भन्दै बन्द गर्ने तयारी गरेका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा कारबाही रोकिएको थियो । 

‘मोटरसाईकलमा मात्र चढ्दा त सहज नै थियो, अब ट्याक्सीमा एक सय बढी शुल्क तिर्नुपर्ने भएपछि किन पठाओ एप नै प्रयोग गर्नु, अरु निःशुल्क सेवा दिने कम्पनीबाट सेवा लिन्छौँ ।’ 

त्यतिबेला कारवाहीबाट बचेको पठाओले ट्याक्सी सेवाको नाममा पुन यात्रुमाथिको अर्काे लुट सुरु गरेको हो । ‘पठाओ एपमार्फत् ट्याक्सी बुक गर्नेले मिटरमा उठेको रकमभन्दा एक सय रुपैयाँ बढी अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था छ,’ सो कम्पनीले जनाएको छ । 

यसरी यात्रु उपभोक्ताले सो एपमार्फत् ट्याक्सी प्रयोग गर्दा महँगो हुने देखिएको छ । कुनै यात्रुले सिधै ट्याक्सीमा गएर आफ्नो गन्तव्य पुग्दा ३ सय रुपैयाँ भाडा लाग्ने थियो, भने पठाओ एप बाट बुकिङ गर्दा ४ सय शुल्क लाग्ने छ । 

यद्यपी उपत्यकामा एपमा आधारित अरु ट्याक्सी सेवा कम्पनीहरुले भने अतिरिक्त शुल्क नलिई सेवा दिईरहेका छन् । सारथी तथा इजी ट्याक्सी नेपालले अतिरिक्त शुल्क नलिई विगतदेखि मिटरमा उठेको मात्र शुल्क मात्र लिँदै आएका छन् । तर पठाओले भने ट्याक्सी मिटरमा उठेको भन्दा एक सय रुपैयाँ बढी शुल्क लिन सुरु गरेपछि उपभोक्ता उसप्रति सन्तुष्ट छैनन् । 

पठाओ एपबाट ट्याक्सी चढेर अतिरिक्त शुल्क तिर्नुभन्दा सारथी तथा इजी ट्याक्सीको निःशुल्क सेवा लिनु धेरै सेवाग्रांहीले उचित ठानेका छन् । पठाओ एप मार्फत् मोटरसाईकल सेवा लिईरहेका सेवाग्राही भन्छन्, ‘मोटरसाईकलमा मात्र चढ्दा त सहज नै थियो, अब ट्याक्सीमा एक सय बढी शुल्क तिर्नुपर्ने भएपछि, किन पठाओ एप नै प्रयोग गर्नु, अरु निःशुल्क सेवा दिने कम्पनीबाट सेवा लिन्छौँ ।’ 

पछिल्लो समय काठमाडौंका ट्याक्सीहरु मिटरमा जान राजी हुने गरेका छन् । ट्राफिक प्रहरीको सक्रियताले ट्याक्सीको ठगीमा कमी आइसकेको छ । मिटरमा नजाने ट्याक्सीको नम्बरसहित सामाजिक सञ्जालमार्फत् ट्राफिक प्रहरी जानकारी गराउने चलन बढेको देखिन्छ ।  

कतिपयले एक सय ३ ट्राफिक प्रहरी र १ सयमा प्रहरीलाई फोन गरेर नै गुनासो गर्न थालेपछि ट्याक्सी चालक मिटरमा जान थालेका छन् । जसबाट ग्राहकले तोकिएभन्दा बढी पैसा खर्च गर्नु नपर्ने भएको छ । तर पठाओले भने मिटरमा जाने तथा केही सुविधा दिइएको भन्ने बहानामा यात्रु र उपभोक्तासँग एक सय रुपैयाँ अतिरिक्त शुल्क लिन लागेपछि चौतर्फी विरोध भएको हो । 

काठमाडौंको सार्वजनिक सवारी साधनमा सेवा सहज नभएकाले पठाओ एपबाट मोटरसाइकल बुकिङ गर्दा सहज र छिटो गन्तव्य पुग्न सकिन्छ । तर केही महिनाअघि रातो नम्बर प्लेट भएकालाई भाडामा लगाउन नमिल्ने भन्दै यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले कारवाही गर्ने तयारी गरेका थिए । त्यतिबेला सेवाग्राही र सर्वसाधारणले विरोध जनाएका छन् । 

सहज रुपमा यात्रा गराईरहेको पठाओलाई बन्द नगर्न भन्दै सामाजिक सञ्जालमा पठाओको पक्षमा मत जाहेर गर्ने धेरै थिए । तर अहिले पठाओले तिनै सेवाग्राहीबाट एक सय रुपैयाँ बढी असुल्न सुरु गरेपछि सेवाग्रहीको आक्रोश चुलिएको छ । 

पठाओको ट्याक्सी सेवा लिने उपभोक्ताले थप एक सय रुपैयाँ सेवा शुल्क दिनुपर्ने पठाओकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन् । ‘एप्लिकेसनबाट हामीले सेवाग्राहीलाई विभिन्न सुविधा दिन्छौँ,’ हमालले भनिन्, ‘त्यही सेवा उपलब्ध गराएबापत एक सय रुपैयाँ अतिरिक्त लिइने हो ।’ 

केन्द्र सरकारले यातायात ऐन नबनाएको भए पनि प्रदेश ३ सरकारले बनाएको प्रदेश यातायात ऐनले घुमाउरो भाषामा गैरव्यवसायिक सवारीलाई भाडामा प्रयोग गर्न रोक लगाएको छ । यस्ता सवारी भाडामा प्रयोग गर्ने हो भने रुट पर्मिट लिनुपर्ने व्यवस्था गरिएको छ । तर पठाओले यी नियमकानुन मान्नुको साटो उल्टै आँफै भाडादर निधारण गर्दै अतिरिक्त शुल्क असुल्न थालेको छ । गैरव्यवसायिक सवारीलाई भाडामा प्रयोग गराइरहेको उसले राज्यको कुनै ऐन कानुन पालना गरेको छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *