प्रकाशमानलाई प्रधानमन्त्रीको जवाफः आलोचना योग्य ठाउँ नभेटिएपछि निबन्ध

 

बैशाख २४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको टिप्पणीको जवाफ दिएका छन् । 

आजको संसदको बैठकमा प्रकाशमान सिंहले दिएका अभिव्यक्तिबारे बोल्दै प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा आलोचना योग्य ठाउँ नभेटिएपछि निबन्ध भनेर टुंग्याएको बताए । 

null

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘एक जना मित्रले यो सुन्दर निबन्ध जस्तो छ, भन्नुभयो । यस सम्बन्धमा मैँले धेरै टिप्पणी गर्दिन । के मात्रै भन्छु भने, नीति कार्यक्रममा आलोचना योग्य ठाउँ भेटिएन छ । नभेटिएपछि यसलाई निबन्ध भनेर टुंगो लगाइदिनु भयो ।’ 

यसअघि छलफलमा भाग लिँदै प्रकाशमानले सरकारको नीति तथा कार्यक्रमलाई हाइस्कुलका विद्यार्थीले लेखेको निबन्ध जस्तो भएको टिप्पणी गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *